Sorry, your browser does not support JavaScript! हतियार बनाउने दुइजना प्रहरीको फन्दामा - Merodesh.news

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भौवा नाकामा बस्ने बुढाको घरबाट पाँच थान बन्दुक, १२ बोर राइफल एक थान, एयरगन राइफल तीन थान, कटुवा पेस्तोल एक थान, रिभल्वर एक थान, सानो हतियार १२ थान तथा ठूलो हतियारको नाल २९ थान बरामद गरिएको छ ।

हातहतियार बनाउन प्रयोग गरिने आरनको मेसिन एक थान, पङ्खा घुमाउने फित्ता, काठको पङ्खा, रिङ, रेती, हेक्साब्लेट, हतौडा, पेचकस, छिना सनासो, उदाउने ढुङ्गा, सम्मीलगायत सामग्रीसमेत बरामद गरिएको छ ।

यस्तै सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, बोल्टु, काजा, सुइरो, विभिन्न आकारको स्क्रु र पित्तल गलाउने धूलो पनि सो उद्योगमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घर्ती र बुढाले सशस्त्र द्वन्द्वको समयमा पनि हतियार बनाउने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार घरेलुरुपमा चलाइरहेको उक्त उद्योगमा बनाइएका हतियार भारतको बजारमा बिक्री गरिँदै आएको थियो । “नेपालमा पनि उनीहरुले हतियार बेचेका रहेछन्,” उनले भन्नुभयो । पक्राउ परेकाविरुद्ध हतियार तथा खरखजानासम्बन्धी कसुरको मुद्दा चलाइनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे
कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे

कोहलपुर, २२ मंसिर । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेका छन् । प्रहरी कार्यालय[...]

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

वर्षाको कारण आठौँ खेलकूदको पूर्वाधार निर्माणमा कठिनाई
वर्षाको कारण आठौँ खेलकूदको पूर्वाधार निर्माणमा कठिनाई

राँझा। प्रतिकूल मौसमका कारण आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा अवरोध भएको छ । माघ र फागुन महीनामा पटक–पटक भएको बर्सातले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद[...]