Sorry, your browser does not support JavaScript! रुपमती हत्या प्रकरण : सामुहिक बलात्कारपछि हत्या, दुईजना पक्राउ - Merodesh.news

रुपमती हत्या प्रकरण : सामुहिक बलात्कारपछि हत्या, दुईजना पक्राउ

विराटनगर । गत आइतबार मृत अवस्थामा भेटिएकी बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । एकसाता लगाएर प्रहरीले गरेको अनुसन्धानले छिमेकीबाटै सामुहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।

रुपमती हत्या प्रकरण

हत्या आरोपमा विराटनगर ८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी दुवै जना लागुऔषध प्रयोगकर्ता हुन् ।

प्रहरीका अनुसार लागुऔषधको नसामा बलात्कारपछि हत्या भएको हो । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया दास गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जादा हराएकी थिइन् ।

भोली पल्ट घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । घटना लगतै अनुसन्धान सुरु गरेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । सात दिन लामो अनुसन्धानका क्रममा दुई जनाले हत्या गरेको खुलेको हो । पक्राउ परेका दुबै जनाले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार लागुऔषधकै नसामा उनीहरुले बलात्कारपछि बालिका रुपमतीको हत्या गरेर खोलामा फालेको खुलेको हो । घर नजिकै खोलाको डिलमा बलात्कारपछि मान्छेले देख्ने डरले खोलामा शव फालेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले घटनाको अनुसन्धान गर्न आवश्यक पर्ने धेरै प्रमाणहरु संकलनमै समय धेरै लगाउनु परेको बताए ।

मोरङको विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सीमानामा रहेको सिंघिया खोलामा गत आइतबार नाँगो अवस्थामा रुपमतीको शव फेला परेको थियो ।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरुलाई आइतबार नै सार्बजनिक गर्ने तयारी भएको उनले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]