Sorry, your browser does not support JavaScript! नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर : डा. शेखर कोइराला - Merodesh.news

नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर : डा. शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् ।

शेखर कोइराला

नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्रश्न गर्ने अधिकार कसैलाई नहुने जिकिर गरे । उनले वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना गल्ती र कमजोरीहरू सधैं औंल्याइदिन आग्रह गरे । महानगरका मेयर भीम पराजुलीले विकासमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाए । तीन वर्षभित्र विराटनगरका अधिकांश सडक पिच बनाउने योजनाका साथ अगाडि बढेको मेयर पराजुलीले बताए ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति दिलीप पोखरेल, महासमिति सदस्य दामोदर कोइराला, विराटनगर कांग्रेसका कार्यबाहक सभापति अरुण न्यौपाने, सचिव प्रकाश दाहाल, लगायतको सहभागिता रहेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]