Sorry, your browser does not support JavaScript! १८ करोड बराबरको आइपिओ बिक्री गर्दै ग्रीन लाइफ हाइड्रो - Merodesh.news

१८ करोड बराबरको आइपिओ बिक्री गर्दै ग्रीन लाइफ हाइड्रो

काठमाडौँ। ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर९आइपिओ० बिक्री गर्ने भएको छ ।

आइपिओ

कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्री गर्नेछ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ ।

दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुनेछ । केयर रेटिङ नेपालले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औसत रहेको भन्दै ग्रेड चार दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]