Sorry, your browser does not support JavaScript! भन्सारको कडाइपछि भारतीय व्यवसायीहरू छोटी नाकाबाट दूध भित्र्याउँदै - Merodesh.news

भन्सारको कडाइपछि भारतीय व्यवसायीहरू छोटी नाकाबाट दूध भित्र्याउँदै

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् ।

दूध

व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो । कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारतबाट दूध ल्याउन रोकेको नभई गुणस्तरीय र भन्सार गरेर भित्र्याउन आग्रह गरेको बताए ।

“नेपालमा गुणस्तरहीन दूध आइरहेको भन्ने गुनासो आएपछि हामीले गुणस्तर परीक्षण गरेको प्रतिवेदन देखाई भन्सार गरेर दूध भित्र्याउन भनेका छौँ”, भन्सार प्रमुख निरौलाले भने, “गुणस्तरहीन दूध ल्याएर जनस्वास्थ्यमा खेलबाड गर्न त पाइएन नि।” भारतबाट नेपालगञ्जमा दैनिक एक हजार ३०० लिटर दूध आउने गरेको छ ।

बजारका अधिकांश घरधनी र रावडी, दही, मिठाई बनाउने पसलेले सस्तो पर्ने नाममा भारतबाट आएको दूध लिने गरेका छन् । भन्सारले कडाइ गरेपछि चोरी नाकाबाट दूध ल्याउँदा ढिलाइ हुने भएकाले यहाँका व्यवसायी समस्यामा परेका छन् । दूधको परीक्षण गर्ने निकाय क्वारेन्टाइन कार्यालय हो । क्वारेन्टाइनसँग दूधको गुणस्तरीय जाँच्न ‘मिल्क एनालाइजर’ छैन ।

क्वारेन्टाइनसँग ‘ल्याक्टोमिटर’सम्म जाँच गर्ने मेसिन भए पनि त्यो भरपर्दो नभएको कार्यालय प्रमुख डा शीतलबाबु श्रेष्ठ बताउनुभयो । सरकारले दूध परीक्षण गर्ने मेशिन नराख्ने र परीक्षण नगरी दूध भित्रिन दिँदैनाँै भन्नु नमिल्दो कुरा भएको नेपालगञ्जका दूध, दही व्यवसायी बताउँछन् ।

क्वारेन्टाइनसँग जाँच गर्ने मेशिन नहुँदा दूध परीक्षणमा समस्या भइरहेको छ । भारतबाट आउने पशुजन्य उत्पादनको परीक्षणका लागि सीमानाकामा क्वारेन्टाइन कार्यालय राखिए पनि दूधको गुणस्तरीय जाँच गर्न मिल्क एनालाइजर मेसिन नहुँदा परीक्षणमा समस्या भएको क्वारेन्टाइन प्रमुख डा श्रेष्ठले बताए ।

भारतबाट भित्रिने दूधको गुणस्तर राम्रो नभएको बेलाबेलामा आवाज उठ्ने गर्दछ । नाकामा सशस्त्र प्रहरीले पनि दूधको गुणस्तरीयता जाँचेर मात्रै भित्र्याउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

गाडीमुनि राखिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय
गाडीमुनि राखिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

महेत्तरी, २३ मंसिर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्क्रििय गरेको छ । डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम[...]

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर, २३ मंसिर । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय[...]

कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे
कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे

कोहलपुर, २२ मंसिर । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेका छन् । प्रहरी कार्यालय[...]