Sorry, your browser does not support JavaScript! गुडीयाको हत्या आशंकामा आधा दर्जन पक्राउ - Merodesh.news

गुडीयाको हत्या आशंकामा आधा दर्जन पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका ८ की बलुवाही १० बर्षिय बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले आधा दर्जनलाई नियन्त्रणमा लिएको छ । बलत्कार पछि हत्या गरिएको आशंकमा प्रहरीले आधा दर्जनलाई सोधपुछको लागि नियन्त्रणमा लिएको हो ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए । तर मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले सोधपुछकालागि केही व्यक्तीलाई ल्याएको बताए । उनले कसैलाई पक्राउ नगरीएको बताए ।

घटनमा मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरी विराटनगरले छुट्टा– छुट्टै रुपमा अनुसन्धानमा प्रहरी परिचालन गरेको छ । शवको पोस्मार्टम गरेपछि प्रहरीले मृतकको परिवारलाई बुझाइएको छ । आइतबार दिउसो शंकास्पद अवस्थामा मृत फेला परेकी दासको शव सुनसरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टर्माटम पछि मृतकका परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले पोष्टमार्टम सम्पन्न भएपनि रिपोर्ट आउन केहि समय लाग्ने भएकाले मृत्युको कारण खुल्न थप केहि समय लाग्ने बताए । उनले बालिका मृत्यूको घटनालाई गम्भीरता पुर्वक लिदै सोहि अनुसार अनुसन्धान भइरहेको जानकारी दिए ।

स्थानियबासीले भने रुपमतिको बलत्कार पछि हत्या भएको आशंका गरेका छन् । ११ बर्षिय बालिका रुपमती दासको शव आइतबार दिउसो घरभन्दा ५ सय मिटर दक्षिणपुर्व सिंघीया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । बालिका दास शनिवार सांझ छिमेकीको घरमा टिभि हेर्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएकी थिइन । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानियले आशंका गरेका हुन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]