Sorry, your browser does not support JavaScript! टिपर प्रकरण : सहमती पछि शव उठ्यो, निशेधाज्ञा पनि हट्यो - Merodesh.news

टिपर प्रकरण : सहमती पछि शव उठ्यो, निशेधाज्ञा पनि हट्यो

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– ९ सिसौघारीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि विराटचोक–विराटनगर सडक अन्तरगत विराटचोक– बेलेपुर खण्ड सोमबार दिनभर तनावग्रस्त रह्यो ।

सोमबार बिहान सुन्दरहरैचा ९ की ११ बर्षिय लक्ष्मी ढकाल स्कुलको टिफिन चटपटेमा हाल्ने चिप्स लिन पसल जाने क्रममा टिपरले ठक्कर दिएको थियो । ठक्करबाट घटना स्थलमा नै बालिकाको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले प्रदर्शन गर्दै सातवटा टिपरमा आगजनी गरेका थिए ।

इन्द्रपुर इङलिस स्कुल कक्षा ३ मा गर्ने ढकाललाई सोमबार घर नजिकैको पसलमा जादै गर्दा टिपरले ठक्कर दिएको हो । सोमबार विहान धनिया र प्याज काटेकी लक्ष्मीले चटपटेमा चिप्स नहाली मिठो हुदैन भन्दै ठूलोबुबा लेखनाथबाट २० रुपैया लिएर पसल जान निस्कीइन । ‘चटपटेमा चिप्स नहाल्दा मिठोहुदैन भन्थी’ लक्ष्मीले काटेको प्याज र धनिया देखाउदै ठूलीआमा पबित्राले भनिन ।

ठक्कर दिएपछि तिब्रगतिमा भाग्दै गरेको ना ३ ख ३३५५ नम्बरको टिपर घटना स्थलदेखि करिब १ किलोमिटर दक्षिण रुखमा ठोक्कीएको थियो । रुखमा ठोक्कीएको टिपरलाई आगजनी गरेका स्थानीयले बालिकाको शव भएको स्थानमा ६ वटा टिपरलाई आगजनी गरे ।

आगजनी गरेका सातवटा टिपर मध्ये ६ वटा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने एउटामा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानीय बासीले को १ ख ५५८४, को १ ख ५८३३, को १ ख ५४०७, को १ ख ६५६३ र ना ३ ख ४५८७ वन टेष्ट० लेखिएको ट्रिफरमा समेत आगजनी गरेका थिए ।

शव उठाउने सहमती

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका स्थानीयबासी शव उठाउन सहमत भएका छन् । स्थानीयबासीको माग सम्बोधन गर्ने प्रशासनले आश्वासन दिएपछि शव उठाउने सहमती भएको हो ।

सोमबार दिनभर भएको छलफल पछि स्थानीयबासी शव उठाउन सहमत भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । स्थानीयको माग अनुसार तत्काल टिपर कुदाउन प्रतिवब्ध लगाउने सहमती भएपछि पोष्टमार्टमकालागि शव उठेको हो । स्थाती सामान्य भएपछि सवारी आवागमन पनि खुलेको छ ।

निशेधाज्ञा पनि हट्यो

स्थानीयबासी बालिकाको शव उठाउन सहमत भएपछि स्थानीय प्रशासनले लगाएको अनिश्चित कालिन निशेधाज्ञा पनि हटेको छ । सोमबार साझबाट घटना स्थल आसपास लागेको निशेधाज्ञा हटेको हो । ठक्कर पछि उत्पन्न परिस्थीति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङबाट ११स्१५ बजे बाट सुन्दर हरैचा नपा ११ बेलेपुरबाट उतर, सुन्दर हरैचा १० बिराटचोकबाट दक्षिण, सुन्दरहरैचा ९ बुधबारेबाट पुर्व र सुन्दर हरैचा १२ सुकुना क्याम्पसबाट पश्चिम चार किल्ला भित्र पर्ने एरियामा अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

टिपको लोभले टिपर आतंक

टिपर चालकलाई तलब थोरै दिएर टिपको लोभ देखाएका कारण दुर्घटनाको जोखिम बढेको ट्रक चालक कुलबहादुर दियाली बताउछन् । ‘टिपर चालकलाई तलब थोरै दिएर टिपको लोभ देखाइन्छ ।’ दियाली भन्छन ‘मालिकले देखाएको टिपको लोभले चालक दौडदा दुर्घटना बढी हुन्छ ।’

टिपको लोभमा तिब्र गतिमा सवारी कुदाउदा दुर्घटनाको बढी जोखिम हुने गरेको उनले बताए । उनका अनुसार टिपर चालकलाई थोरै तलब दिएर प्रति टिप १००० भत्ता भत्ता दिने गरेका छन् । पछिल्लो समय देशभर टिपरका कारण दुर्घटनाहरु बढीरहेका छन् । टिपरका कारण दुर्घटना भएपछि देशका विभिन्न स्थानमा टिपरलाई कुद्ने समय तालिका पनि तोकिएको छ ।

प्रदेश १ मा पनि स्थानीय प्रशासनले राजमार्गमा टिपर सञ्चालनकालागि टाइमकार्ड बनाएको छ । स्थानीय प्रशासनले बनाएको नियम अनुसार बिहान ९ बजेदेखि ११ बजे र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर सञ्चालनमा रोक लगेको छ । तर टिपरले टाइमकार्डको पालना गरेका छैनन् ।

चालु बर्षमा ११ वटा दुर्घटना

चालु आर्थिक बर्षमा मोरङ जिल्लामा टिपरका कारण ११ वटा दुर्घटना भएका छन् । लक्ष्मीको मृत्यु हुन भन्दा ३ महिना अगाडी उदयपुर रौतामाइ नगरपालिका – २ की ३५ वर्षिय गीता कटुवालको उपचारको क्रममा मृत्यु भएको थियो । गत मंसिर ५ गते सुन्दरहरैचा– ७ नेताचौक स्थित ट्रिपरकै ठक्करले ग्रामथानका ६१ वर्षिय मोती साह गम्भीर घाइत भएका थिए ।

जल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार चालु आर्थिक बषमा ट्रिपरकै ठक्करबाट ३ जनाको ज्यान गइसकेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ १४ गतेसम्म ११ वटा ट्रिपर दुर्घटना भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]