Sorry, your browser does not support JavaScript! शेयर बजारमा दोहोरो अङ्कको गिरावट - Merodesh.news

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज शेयर

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ विन्दुले घटेर २४६.३५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.९, होटल ११.७१, विकास बैंक ११.७९, जलविद्युत् १९.८४, वित्त ०.७२, निर्जीवन बीमा १०८.२१, उत्पादन २१.६४, अन्य ६।६४, लघुवित्त १३.२८ र जीवन बीमा ७१.४३ अङ्कले घटेको छ ।

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, कन्काई विकास बैंक, साुमदायिक लघुवित्त वित्तीय संस्था, युनाइटेड फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी कमाएका छन् ।

यस्तै छ्याङदी हाइड्रोपावर, जनता बैंक नेपालका संस्थापक शेयर, एनएलजी इन्स्योरेन्स, बरुण हाइड्रो पावर, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

एजेन्सीको सहयोगमा
Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]