Sorry, your browser does not support JavaScript! विराटनगरमा पनि फल्यो ‘स्ट्रावेरी फल’ - Merodesh.news

विराटनगरमा पनि फल्यो ‘स्ट्रावेरी फल’

विराटनगर। प्रायः चिसो र अग्लो स्थानमा मात्र फल्ने नयाँ जमानको नयाँ फलखेतीका रुपमा बिस्तार हुँदै आएको स्ट्रावेरी फलको तराईमा पनि खेती सफल भएको छ ।

स्ट्रावेरी फल

विराटनगर महानगरपालिका १२ मा स्थानीय युवा ससन देवकोटाले दुई कठ्ठा जमिनमा लगाएको बालीले राम्रो फल दिनथालेपछि पहिलोपटक तराइमा स्ट्रावेरी फलको खेती सफल भएको हो । अमेरिकाबाट किट विज्ञानमा स्नातोकोत्तर गरेर नेपाल फर्किएका युवा ससनले हाल विराटनगर र धरानमा परीक्षणका लागि स्ट्रावेरीको खेती थालेका हुन् ।

अमेरिकाबाटै विभिन्न जातका बिरुवा मगाएर विराटनगर १२ बखरीमा रहेको दुई कठा जमिनमा घेराबार गरेर खेती सुरू गरेका उनी गर्मी ठाउँमा खेती सफल होला नहोला ढुक्क भने थिएनन् । तर, आफै कृषीको जानकारसमेत भएकोले गत कार्तिक महिनामा उनले विराटनगरमा लगाएको स्ट्रावेरी राम्ररी फल्न थालेको छ । हाल उनले खेतीबाटै टिपेर प्रतिकेजी ६  सय रुपैयाँका दरले स्ट्रावेरी बिक्री गरिरहेका छन् ।

मौसमी खेतीका रूपमा लगाइने स्ट्रावेरी फलको खेती सफल भएपछि यसलाई अझै बिस्तार गर्ने सोच ससनको छ । उनका अनुसार जाडो याममा तराईमा स्टेबरी खेती फस्टाएकोले हावापानी सुहाउँदो पहाडी स्थानमा पनि बेमौसमी रूपमा स्टेबरी खेती गर्ने योजना उनको छ । पूर्वी पहाडमा तराईमा हिउँदमा हुने तरकारीहरू वर्षातमा हुने भएकोले स्टेबरीको खेती पनि हुन सक्ने अड्कल लगाएका छन् ।

युवा उद्यमी ससनले पहिलो–पटक तराईमा स्टेबरी खेती सफल बनाएपछि उनीकहाँ खेती हेरेर जानकारी लिन आउनेहरु ह्वात्तै बढ्न थालेका छन् । कृषक ससनले भने, ‘माघ र फागुन महिनाको खेती र उत्पादन हेरेर स्ट्रावेरी खेतीको बिस्तार गर्ने सोच बनाएको छु ।’

स्ट्रावेरी फल

युवा कृषक ससन देवकोटा

कूल ८ लाख रुपैयाँ लगानी गरिसकेका स्ट्रावेरी कृषक ससनले आगामी वर्षसम्ममा लगानी असुल गर्न सफल हुने बताए । स्ट्रावेरीको नेपालमा परम्परागत बजार नभएपनि विदेशबाट आयात भएका स्टेबरी प्रशस्त प्रयोग भैरहेकोले बजारको अभाव नहुने उनको बुझाई छ । अर्कोतिर स्टेबरीको माग भारतलगायतका देशमा समेत अधिक भएकोले निर्यात गर्न सकिने सम्भावना पनि धेरै छ ।

विज्ञ तथा कृषि तालिम केन्द्र एक प्रदेशका प्रमुख डा राजेन्द्र उप्रेतीले नेपालको तराई क्षेत्रमा पहिलो पटक स्टेबरी खेती सफल भएको आफूले जानकारी पाएको बताए । उनका अनुसार नेपालमा पहिलो पटक जापानिजहरुले नुवाकोटको ककनीमा स्ट्रावेरी खेती लगाइएका थिए । त्यहाँ खेती सफल भएपछि चिसो हावापानी भएको अन्य जिल्लाहरुमा पनि फाटफुट स्ट्रावेरी खेती बिस्तार हुन थालेको थियो ।

तर, तराईमा भने स्ट्रावेरी खेती सुरू भएको थिएन । कृषी विज्ञ उप्रेतीले स्ट्रावेरी खेतीलाई बिस्तार गर्न अध्यनअनुसन्धान पनि विशेष योजना बनाएर प्रबद्र्धन गर्न सकेमा कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने बताए ।

के हो स्ट्रावेरी र किन लोकप्रिय छ यो फल ?

स्ट्रावेरी एक प्रकारको मुटुको आकार जस्तो भएको फल हो । यसको खेती चिसो हावापानी भएको स्थानमा गर्ने गरिन्छ । तर, आजकल भारतको गर्मी प्रान्त हरियाणा लगायतका राज्यमा यसको मौसमी खेती प्रशस्त हुन थालेको छ । वर्षमा ६ महिना मात्र खेती हुने स्ट्रावेरीलाई नयाँ जमानाको नयाँ फलखेती भनेर पनि भन्ने गरिन्छ ।

स्ट्रावेरी नै त्यो फल हो जसको बिउ बाहिर हुन्छ र धेरै रसिलो हुन्छ । स्ट्रावेरी विश्वमा हालसम्म ६ सय प्रकारको पाइएको छ । र, स्ट्रावेरीको प्रकारअनुसारको स्वाद पनि फरक फरक हुन्छ । स्ट्रावेरी फल पाकेपछि खाने मात्र नभएर जुस र शेकका रुपमा पनि प्रयोग गरिन्छ । आइसक्रिममा पनि स्ट्रावेरीको स्वाद अधिक रुचाइन्छ ।

स्ट्रावेरी फल एउटा ब्राण्ड पनि हो । कोलोस्टेराँल, बोसो यो धेरैले रुचाउँने फलमा पर्दछ । स्ट्रावेरीमा क्याल्सियम, फाइबर लगायतका विभिन्न भिटामिन पाईन्छ । सैलिसिलिक एसिड पाइने स्ट्रावेरी मात्र एउटा फल हो ।

कोलोरस्टेराँल र बोसो रहित हुने भएकोले  बढ्दो उमेरको लक्षण कम गर्न, छालाको दाग हटाउन र चम्काउन, दाँत चम्काउँन, डण्डीफोर हटाउन, रगत सफा गर्न र रूप सिगार्न स्ट्रावेरी फलको प्रयोग अधिक हुने गरेको छ । स्ट्रावेरी फललाई धनाढ्यहरुले मात्र नभएर नयाँ जमानाका युवा पुस्ताले विशेष रुचाउने भएकोले यसलाई नयाँ जमानाको नयाँ खेती भन्ने गरिएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]