Sorry, your browser does not support JavaScript! घुस नदिए काम नहुने मालपोतमा - Merodesh.news

घुस नदिए काम नहुने मालपोतमा

विराटनगर । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविनकुमार घिमिरेले केहीदिन अघि अख्तीयारले कारवाही गर्ने हो भने मालपोत नापी कार्यालय रित्तिने बताएका थिए ।

संसदको राज्य व्यवस्था समितिमा घिमिरेले भने झै अख्तीयारले कारवाही गर्ने हो भने मालपोत कार्यालय विराटनगरमा कर्मचारी रितिने अवस्था छ । तर अख्तीयारले पनि आखा चिम्लिएको छ । अख्तयीयारले चासो नदिएपछि सेवाग्राहीको धेरै चाप हुने मालपोतका कर्मचारी घुस नलिई कसैको काम गर्नै मान्दैनन् ।

मालपोत कार्यालयमा कर्मचारीले सेवाग्राहीको काम गरे बापत १०० रुपैयादेखि २००० सम्म कमिसन लिने गरेका छन् । सेवाग्राहीको सहज पहुचमा नभएको कार्यालयमा कमिसन नदिई काम गर्न गाह्रो हुने सेवाग्राही बताउछन् ।ग्रामथान १ लखन्तरीका भैरब माझी बिहानै दृष्टीबन्धक फुकाउन मालपोत कार्यालय विराटनगर आउदा दुःख पाए ।

आफै लेखापढी गर्न जानेका माझीले घुस नखुवाई काम गर्न खोजे । तर कम्यूटर साखामा घुस नदिदा उनको काम बनेन् । तीन घण्टा सम्म पालो पर्खिएर बसेका उनले पालो पाएनन् । तर लाइन नबसी दलालहरु आउथे सहजै काम गरेर फर्कन्थे । फाइल लिएर आउने दलाललाई पनि कम्यूटरमा इन्ट्री गराउन सहज थिएन् । पाचसय रुपैया नदिए उनीहरुको काम पनि अल्झिन्थ्यो । दलालले जति पटक फाइल ल्यायो कर्मचारीको कमाई थपिन्थ्यो ।

‘फाटमा पूर्जा बनाए १०० देखि ५०० सम्म लिन्छन् ।’ एक लेखापढी ब्यवसायी भन्छन ‘ पैसा नदिए हाम्रोपनि काम बन्दैन् ।’ ती लेखापढी व्यवसायीका अनुसार अनलाइनमा काम गराउन ५०० देखि २००० रुपैया सम्म अतिरिुक्त शुल्क तिर्नु पर्छ । तर कम्यूटर सिस्टममा गएका कारण सर्भर डाउन हुदा काम गर्न असहज हुन्थ्यो ।

मालपोतको कम्यूटर साखामा तीन जना कर्मचारी छन् । कम्यूटर प्रणालिमा दर्ता गराउन पैसा लाग्दैन् । तर कार्यालयका कर्मचारी पैसा बिना कसैको काम गर्दैनन् । कमिसन नदिने सेवाग्राहीको काम दुई दिन सम्म लम्बिन्छ । कम्यूटरसाखामा मात्र नभई मालपोतमा दर्ता चलानी बाहेकका साखामा कमिसन नबुझाए सम्म सहज रुपमा काम बन्दैन् ।

जहदा गाउपालिका– ६ का रामनारायण मण्डल जग्गा हालसाबी गर्दा पनि कर्मचारीलाई अतिरिक्त शुल्क बुझाउनु प-र्याे । माझी र मण्डल मात्र होइन मालपोतमा आउने सेवाग्राही काम गर्न कर्मचारीलाई घुस दिनु अनिवार्य जस्तै बनेको छ ।

अधिकृत भन्छन ‘ प्रमाण भेटिए ल्याउनुहोस कारवाही गर्छाै’

भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत देवीप्रसाद भट्टराई काम गर्दा सेवाग्राहीबाट कर्मचारीले घुस नलिएको दाबि गर्छन् । तर उनले भने विपरित सेवाग्राहीले कमिसन नखुवाई काम बन्दैन् । ‘सेवा शुल्क बाहेक अतिरिक्त शुल्क लिन पाइन्न’ उनी भन्छन ‘ पैसा लिए प्रमाणसहित आउनुहोस कारवाही गर्छाै ।’

मालपोत कार्यलय अनलाइन माध्ययममा गएका कारण प्राविधिक कारणले बेला बेला काम गर्न असहज हुने बताउदै उनले कर्मचारीले कमिसन नलिएको बताए । विराटनगर महानगरपालिका सहित धनपालथान, बुढीगंगा र ग्रामथान कार्यक्षेत्र रहेको मालपोत

कर्मचारी भन्दाबढी लेखनदास

भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरमा ३२ जनाको दरबन्धी छ । तर लेखन्दासको संख्या भन २५० भन्दा बढी छ । नियमअनुसार कार्यालय भित्र बिचौलियालाई प्रवेश निषेध छ । तर कार्यालयमा सेवाग्राहीले भन्दाबढी विचौलियाले पालो पाउछन् । विराटनगर मालपोत कार्यालयमा बिचौलियालाई जता जान पनि छुट छ ।

तर लेखापढी कानुन व्यवसायी संघ विराटनगर अध्यक्ष उमेश श्रेष्ठ लेखापढी गर्नेलाई सबै तिर छुट नभएको बताउछन् । कार्यालयले सबै तिर प्रवेशमा रोक लगाएको बताए । तर सेवाग्राहीको काम काम गर्न असहज भएको बेला प्रवेश गर्ने गरेको बताए । उनका अनुसार मालपोतमा काम गर्ने २५० लेखापढी कानुन व्यवसायीहरु छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]