Sorry, your browser does not support JavaScript! समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई - Merodesh.news

समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ।   प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु-याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनले जानकारी दिइन्  ।

लैङ्गिक विभेद

आमाको निधनले शोकमा पर्नुभएकी सांसद राईले आफ्ना लागि सर्वस्व दिने आमाको सम्मानमा छोरीले पनि कपाल मुण्डन गर्न पाउनु समाजका लागि नौलो भएपनि ठूलो कुरा नभएको धारणा व्यक्त गरिन् । “समाजमा रहिआएको लैङ्गिक विभेद अन्त्य गर्नका लागिे कपाल मुण्डन गरेर सेतो वस्त्र धारणले आफूमा उर्जा मिलेको छ ।” उनले भनिन, “जीवन दिने आमाको निधनले जति नै पीडा भए पनि मृत्यु स्वीकार गर्नुको विकल्प नभएकाले आफ्नै आत्मसन्तुष्टीका लागि र दिवङ्गत आत्माको चीर शान्तिका लागि कपाल मुण्डन गरेर किरियापुत्री बसेकी हुँ ।”

दिक्तेलमा बुधबार आयोजित पत्रकार भेटघाटमा सांसद राईले छोराले मात्र काजकिरिया गर्न हुने तर छोरीले नहुने भन्ने मान्यतामा परिवर्तन हुन जरुरी रहेको औँल्याइन् । “छोराछोरी दुवै सन्तान भएकाले छोरा र छोरी दुवैले बुबाआमाको काजकिरिया गर्न मिल्छ ।” उनले भनिन्, “सबै छोरीले कपाल मुण्डन गरेर र सेतो वस्त्र लगाएरै काजकिरियामा बस्नुपर्छ भन्ने नभइ आ–आफ्नो तरिका र इच्छा अनुरुप छोरीले पनि बुबाआमाको काजकिरिया बस्दा हुन्छ ।”

मूलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, सांस्कृतिक तथा संस्कारमा परिवर्तन आउन नसकेकाले अबको पहिलो काम सामाजिक–सांस्कृतिक पाटो सुधार गर्नुपर्ने हुन्छ, सांसद राई भनिन्  । उनकी आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा गत पुस २५ गते निधन भएको थियो । काठमाडौँमा पाँच दिन काजकिरियामा बस्नुभएकी सांसद राईले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर सात दिन बसेर काजकिरिया पूरा गरेकी हुन् ।

सासुको काजकिरियाका लागि सांसद राईका श्रीमान् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ पनि खोटाङ आउनुभएको थियो । सांसद राईले आमाको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरीब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतिका लागि सहयोग गर्न अक्षयकोष स्थापना गरेकी छन् । आमाको १३औँ पुण्यतिथिको अवसर पारेर सोमबार आयोजना गरिएको श्रद्धाञ्जलीसभामा उनले सो कोष स्थापना गरेकी हुन्  ।

एजेन्सीको सहयोगमा 
Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]