Sorry, your browser does not support JavaScript! विद्यार्थी बोकेको भ्यान दुर्घटना, छ जना घाइते - Merodesh.news

विद्यार्थी बोकेको भ्यान दुर्घटना, छ जना घाइते

विराटनगर।  विराटनगरमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ विद्यार्थी घाइते, दुईको अवस्था गम्भीर विराटनगर, माघ १० विराटनगरमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

भ्यान दुर्घटना

विराटनगर महानगरपालिका १५ स्थित श्रीराम बोर्डिङ स्कूलको भ्यान बिहीवार बिहान दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते भएका हुन् । घाइते सबै सोही बोर्डिङ स्कूलका विद्यार्थी हुन् । सात जना विद्यार्थीलाई लिएर स्कूलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान स्कूलनजिकै आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाका अनुसार दुर्घटनामा युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, आठ वर्षीय कृष्ण राजवंशी, नौ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने पाँच वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत नौ वर्षीय पिपल राणापाल घाइते भएका छन् ।

घाइतेहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइतेमध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते बालबालिकालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएका हुन् । प्रहरीले भ्यानमै सवार कक्षा ३ मा अध्ययनरत ब्युटी साह भने सकुशल रहेकी छन् । दुर्घटनामापछि स्कूल भ्यानका चालक विराटनगर १४ का वीरेन्द्र महतो फरार बनेका छन् । फरार रहेका महतोको खोजी थालिएको र उनलाई पक्राउ गरिएपछि मात्रै दुर्घटनाको कारण खुल्ने प्रहरी निरीक्षक रानाले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]