Sorry, your browser does not support JavaScript! हिसान स्पोट्स मिट : एभरेष्ट, मोर्डन एरा र मरिल्याण्ड बियजी - Merodesh.news

हिसान स्पोट्स मिट : एभरेष्ट, मोर्डन एरा र मरिल्याण्ड बियजी

विराटनगर । विराटनगरमा जारी आठऔं हिसान स्पोर्टस मिटको बुधवार भएको खेलमा क्रिके्रट तर्फ मेरिल्याण्ड र एभरेष्ट तथा फुटबलतर्फ एभरेष्ट, सिटी, एभरेष्ट र मोर्डनएरा प्लस टु बिजयी भएका छन् ।

हिसान स्पोट्स मिट

क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले मोर्डन एरा कलेजलाई ८५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डले ब्याटिङ गर्दै निर्धारति ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा १६४ रन बनायो । १६५ रनको विजयी लक्ष्य पछ्याएको मोर्डनएराले १४ ओभर १ बलमा सबै विकेटको क्षतिमा ९७ रनमै समेटियो ।

क्रिकेटको दोस्रो खेलमा पथरीको एभरेष्ट कलेजले विद्यभूमि बोर्डिङ स्कुललाई ९ विकेटले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर एभरेष्टले फिल्डिङ गरेको थियो । पहिलो ब्याटिङ थालेको विद्याभूमिले १८ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन बनायो । ८६ रनको विजय लक्ष्य पछ्याएको एभरेष्टले १२ ओभर ३ बलमा १ को क्षतिमा विजयी लक्ष्य पार गरेको थियो ।

हिसान स्पोट्स मिट

फुटबलततर्फ पहिलो खेलमा सिटी कलेजले विद्याभूमि बोर्डिङ स्कुललाई ५–१ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । सिटीका म्यान अफ द म्याच आशिष चौधरीले २ तथा सविन कार्की, विमल राई र अरुण चौधरीले १–१ गोल गरे भने विद्याभूमिका विमल उप्रेती १ गोल गरे ।

दोस्रो खेल विराटनगरको एभरेष्ट कलेजले कोबास कलेजलाई ३–१ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गर्‍यो  । एभेरष्टका म्यान अफ द म्याच अभिमतजंग कार्की, अभय कार्की र एल्सन राजभण्डारी १–१ गोल गरे भने कोबासका मनिष देवले १ गोल गरे । तेस्रो खेलमा पथरीका रेडस्टार कलेजले लर्डबुद्ध कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटर फाइलमा प्रवेश गरेको छ ।

हिसान स्पोट्स मिट

चौथो खेलमा मोर्डनएराले टाइब्रेकरमा दिल्ली पब्लिक स्कुललाई ४–२ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहीबारको क्रिकेटको पहिलो खेल सिर्जना ज्ञान कुञ्ज र कोसी कलेज, दोस्रो खेल सेन्टजोसेफ मावि र लर्डबुद्ध कलेजबीच हुनेछ । फुुटबलको पहिलो खेल अरनिको कलेज र सेन्टजोसेफ मावि र दोस्रो कान्तिपुर कलेज र अर्किड कलेज, तेस्रो खेल मेरिल्याण्ड र कोसीबीच हुनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]