Sorry, your browser does not support JavaScript! शिक्षादीप कलेजमा कविता प्रतियोगिता - Merodesh.news

शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन् ।

कविता प्रतियोगिता

प्रतियोगितामा कविता वाचन गर्दै प्रतियोगी 

त्यस्तै ‘म र मेरो देश’ शीर्षकको कविता वाचन गरेर नारायण चौलागाईं द्वितीय, ‘आमा’ शीर्षकको कविता वाचन गरेर सबु थापा तृतीय र ‘म’ शीर्षकको कविता वाचन गरेर आयुषा खतिवडाले सान्त्वना स्थान प्राप्त गरिन् । कवि गोकुल अधिकारी र मीनकुमार नवोदितको निर्णायक समितिले विजेताको नामावली घोषणा गरेको थियो । विद्यार्थीलाई अध्ययनसँगै सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले चेस, हाजिरीजवाफ, वक्तृत्वकलालगायतका प्रतियोगिता आयोजना गरेको छ ।

कविता प्रतियोगिता

कार्यक्रमका अतिथि तथा निर्णयक मण्डल 

एक हप्तासम्म विभिन्न प्रतियोगिता आयोजना हुने प्रिन्सिपल खड्काले बताए । कवितासहितका प्रतियोगिताका सबै विजेता विद्यार्थीहरूलाई विशेष समारोहमा पुरस्कृत गरिने कलेजले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]