विराटनगर ७ पुस । पत्रकार र उनको परिवारलाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरि अभद्र व्यवहारको मुद्दा दर्ता गराएको छ ।
मोरंगको उर्लाबारी नगरपालिका ८ खोपी डाँडा बस्दै आएका ३० बर्षिय पत्रकार तेजन खडका र उनकी आमा ६० बषिया मालती खडकालाई कुटपिट गर्ने सोही ठाउँका ३८ बर्षिय कमल क्याप लिम्बुलाई ईप्रका उर्लाबारीले पक्राउ गरि अभद्र व्यवहारको मुद्दा दर्ता गराएको हो ।
ईप्रका उर्लाबारीका ईन्स्पेक्टर रामप्रसाद तिम्सिनाका अनुसार वडा अध्यक्ष बमबहादु क्याप लिम्बुले मकैको बिउ पारदर्शी ढगले बितरण नगरेको भन्नेबारे समाचार लेखेको बिषयलाई लिएर उनका छोरा कमलले शनिवार राती मादक पर्दाथ सेवन गरेर घरभित्रै पत्रकार खडका उनकी आमा मालतीलाई ज्यानमार्ने धम्की दिँदै कुटपिट गरेका थिए । पत्रकारमाथि समाचार लेखेको बिषयमा कुटपिट गरेको जानकारी पाएपछि शनिवार नै कमललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
समाचार लेखकै कारण पत्रकार खडका र उनकी आमालाई घरमै पुगेर कुटपिट गरेको बिषयमा नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति, पत्रकार महासंघ मोरङ, सञ्चार क्लब उर्लावारी, प्रेस युनियन र सेन्टरले दोषीलाई कानून अनुसारको कार्वाही माग गरेका थिए । पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य गणेश लम्साल, मोरङ शाखा उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियन मोरग अध्यक्ष कुमार लुँइटेल सहितको टोलीले घटनाको स्थलगत अध्यन गरि दोषीलाई कानूनी कार्वाही गराउन सहजीकरण गरेका थिए ।