Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : कुन कुन बेञ्चबाट छुटे उच्च पदस्थ प्रहरी र व्यवसायी ? - Merodesh.news

सुन तस्करी प्रकरण : कुन कुन बेञ्चबाट छुटे उच्च पदस्थ प्रहरी र व्यवसायी ?

विराटनगर । उर्लाबारी मोरङका सनम शाक्य हत्यासँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण मा थुनामा रहेकाहरुको पुनरावेदन निवेदन हेर्न उच्च अदालत विराटनगरका पाँच न्यायधिसको एकै पटक सरुवा भयो ।

रिट खारेज सुन तस्करी प्रकरण

जिल्ला अदालत मोरङको आदेश पछि थुनामा रहेकाहरुले गरेको पुनरावेदन निवेदन हेर्दै आएका न्यायधिस नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेलको काज सरुवा भएको हो । उच्चबाट काज सरुवा गरिएका न्यायधिसहरुलाई न्यायपरिषदमा जिम्मेवारी बिहिन अवस्थामा राखिएको छ । सरुवामा परेका न्यायधिसले सुन मुद्दामा मुछिएका उच्च पदस्थ प्रहरी र व्यपारीहरुलाई छाड्ने विवादास्पद निर्णय गरेका थिए ।

विवादास्पद आदेश दिएको गुनासो आएपछि प्रधानन्यायधिस चोलेन्द्र समसेर राणाले एकै पटक विराटनगरबाट पाच न्यायधिसको काज सरुवा गरी जिम्मेवारी बिहिन बनाएका हुन् । जिम्मेवारी बिहिन बनेका न्याधिसले विभिन्न मितीमा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका अभियुक्तहरुलाई छाड्ने आदेश दिएका थिए ।

भरिया थुनामै

सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेश पछि थुनामा रहेका भरियालाई उच्च अदालतले पनि थुनामै राख्ने आदेश गरेको छ । अदालतले टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, लाक्पा शेर्पाे, एलबी भनिने लालबहादुर मगर, सम्बिरप्रसाद तोलाङंगे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा , गोपालकुमार श्रेष्ठ डिएसपी सञ्जयबहादुर राउत , महाबिर गोल्यान, अमरमान डंगोल र विवादास्पद एसएसपी श्यामबहादुर खत्रीको हकमा थुनामै राख्ने आदेश भएको हो ।

थुनामै राख्ने आदेश भएकाहरु मध्ये एसएसपी श्याम खत्री र डिएसपी सञ्जयबहादुर राउत उच्च पदस्थ हुन । एसएपी खत्रीका ड्राइभर प्रहरी जवान बिष्णुबहादुर खड्का र तत्कालिन सहयोगी अमरबहादुर थापामगरको हकमा भने जिल्लाको धरौटी र साधारण तारेखमा छाड्ने आदेश बदर गरी थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश दिएको थियो ।

कुन बेञ्चले कस्लाई छोड्यो ?

अभियुक्त बेञ्च मिति
पूर्व डिआइजी गोबिन्द निरौलासारङ्गा सुवेदी, जकन पाण्डेअसोज ११ गते (साधारण तारेख )
एसपी बिकाशराज खनालनागेन्द्रलाभ कर्णथिरबहादुर कार्की असोज २ गते (साधारण तारेख)
डीएसपी प्रजित केसीरामकुमार तिवारी उमेशराज पौडेलउमेसकुमार सिंह भदौ ३१ (साधारण तारेख)
एसएसपी दिबेश लोहनीनागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदीभदौ २९ गते(साधारण तारेख)
सञ्जय खेतान भन्ने प्रभात अग्रवाल र मदन शिलवालसाधुराम सापकोटा र उमेशकुमार सिंह कात्तिक २९ गते (धरौटीमा)
राजकुमार दारुका र माधव मदनप्रसाद घिमिरेउमेशराज पौडेल र उमेशकुमार सिंहपुस १९ (धरौटीमा)
बालकृष्ण सञ्जेलथिरबहादुर कार्की र जनक पाण्डेमंसिर २० (साधारण तारेख)
आर के भन्ने राजेन्द्रकुमार शाक्य र बिनोद पोद्दारनागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की मंसिर २७ (धरौटीमा)

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]