Sorry, your browser does not support JavaScript! जोगबनी गएका नेपाली युवाको हत्या गर्ने भारतीय नौ महिनापछि समातिए - Merodesh.news

जोगबनी गएका नेपाली युवाको हत्या गर्ने भारतीय नौ महिनापछि समातिए

विराटनगर।  नौ महिनापहिले भारतीय बजार जोगबनीमा लागूऔषध खरिद गर्न पुगेका एक नेपालीको हत्या आरोपमा एक भारतीय यूवा पक्राउ परेका छन् ।

गत २०७४ साल चैत १९ गते लागूऔषध खरिद गर्न जोगबनी बजार पुगेका सुनसरीको इटहरी– १० शिवनारायण टोलका ४५ वर्षीय कृष्णबहादुर सुनवारको हत्या गर्ने भारतीय आरोपी १९ वर्षीय पंकजकुमार रायलाई आइतबार राति मोरङ प्रहरीले पक्राउ गरेको हो ।

भारतीय भूमीमा नेपाली नागरिकको हत्या गरेर फरार भएका भारतको अररीया घर भएका रायलाई आइतबार नेपाल प्रवेश गर्ने क्रममा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इप्रका रानीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । लागूऔषध प्रयोगकर्ता रहेका सुनवारलाई जोगबनीमा लागूऔषध सेवन गर्न गएको बेला सामान्य विवाद हुँदा रायले साथीहरुको सहयोगमा छुरा प्रहार गरी हत्या गरेका थिए ।

भारतीय नागरिक रायलाई प्रहरीले सोमबार जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुद्दा दर्ता गराएको छ । सीमावर्ती भारतीय बजार जोगबनीमा लागूऔषध (मेडिकल ड्रग्स) खुल्ला रुपमा बिक्री वितरण हुने भएकोले दैनिक दजनौं युवाहरु सेवन गर्न र खरिद गरेर लागूऔषध नेपाल ल्याउन त्यहाँ पुग्ने गरेका छन् । वर्षौदेखि नेपाल प्रहरीले लागूऔषध सेवन गर्ने नेपाली युवाहरुलाई रोक्ने, निगरानी गर्ने र पक्राउ गरेर कानूनी कारबाही चलाउने गरेपनि भारतीय बजारमा हुने खुलेआम बिक्रीले गर्दा पूर्णनियन्त्रण हुन सकेको छैन ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]