काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताएका छन् ।
मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको उल्लेख गरेका छन् । “एकातिर यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेका छन् भने अर्कातिर, यो साँस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री ओलीले मगर समुदायले नयाँबर्षको रुपमा मनाउने यस पर्वलाई अन्य जाति र समुदायका नागरिकहरुले पनि विशेष महत्वका साथ मनाउने गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले थारु समुदायले आजकै दिन मनाउने माघी पर्वलाई स्वतन्त्रता दिवशको रुपमा उपयोग गर्नु पर्ने बताएका छन् ।
थारु जातिहरुलाई कमैया राख्ने कुप्रथा अन्त्य भइसकेको स्मरण गराउदै प्रधानमन्त्री ओलीले अहिले थारुहरु कसैको बन्धनमा नरही स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् । “बर्षभरी सामन्तकोमा कमैया बस्न बाध्य थारु समुदायका दिदीबहिनी दाजुभाइहरुले माघीको दिनमात्र विदा पाँउथे” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् “त्यसैले यस दिनलाई स्वतन्त्रता दिवशको रुपमापनि स्मरण गर्न सकिन्छ ।”
कुनै बेला कमलरी ÷कमैया बस्न बाध्य थारुहरु समुदायका दिदीबहिनीहरुले लोकतन्त्रको स्थापना पछि संविधानसभामा समेत सहभागिता जनाएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “आजको नेपालमाकमैया प्रथाकायम छैन ।
बरु हिजो कमैया बस्न बाध्य पारिएका थारु समुदायका कृषि मजदूरहरु लगायत सबै जात र समूदायको सहभागितामा जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौं ” प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख छ ।
ं