Sorry, your browser does not support JavaScript! नविनत काँग्रेस छिट्टै जनतामाझ आउँछ : जोशी - Merodesh.news

नविनत काँग्रेस छिट्टै जनतामाझ आउँछ : जोशी

विराटनगर । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताएका छन् । नविनतम सोचका साथ काँग्रेस जनतामाझ आउने पनि बताए ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले भने,‘इतिहास बोकेकै पार्टीले सुनिश्चित भविष्य निर्माण गर्ने हो । अब नयाँ संघीय संरचनामा काँग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नविनत ढंगले अघि बढ्नु पर्छ ।’ उनले समयमै पार्टीको महाधिवेशन गरेर नयाँ संरचनामा जान ढिला गर्न नहुने बताए ।

महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेको बाटोलाई अक्षरस पालना गर्दै काँग्रेसले अबको यात्रामा अघि बढ्नु पर्ने जोशीको जोड थियो । अहिले दुई तिहाईको सरकार भएपनि जनताले भने महशुस गर्न नपाएको जोशीको टिप्पणी थियो । भने,‘भ्रष्टचार नभएको क्षेत्र छैन् । जताजतै विकृति छ ।’ उनले काँग्रेस आफूँ लोकतान्त्रिक भएकै कारण अरु पार्टीहरुले पनि लोकतान्त्रिक हुने अवसर प्राप्त गरेको चर्चा गरे ।

निर्मला पन्त बलात्कार र हत्या घटनाबारे सरकारले कुनै पनि तथ्य बाहिर ल्याउन नसक्नु लाजमर्दो भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाए । भने,‘प्रधानमन्त्री नै आर्थिक सूचकका गलत तथ्यांक सम्प्रेषण गर्नमा व्यस्त हुनुहुन्छ । यो संस्थागत रुपमा आफू ठिक छु भनेर भ्रम छर्नका लागि मात्रै हो ।’

वाइडबडीमा आफ्नो पार्टीका जोकोही परेपनि कार्वाही हुनुपर्ने तर पूर्वाग्रही ढंगले आए आफूहरुलाई त्यो मान्य नहुने जोशीको भनाइ थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]