Sorry, your browser does not support JavaScript! फिदा हुसैन हत्याको रहस्य खुल्यो, खुर्सिद आलमको हत्या अझै रहस्यमै - Merodesh.news

फिदा हुसैन हत्याको रहस्य खुल्यो, खुर्सिद आलमको हत्या अझै रहस्यमै

विराटनगर।  सुनसरी प्रहरीले दुहवी नगरापलिका–९ का मुस्लिम अगुवा फिदा हुसैनको हत्यामा संलग्न चार आरोपीलाई ५१ दिनपछि पक्राउ गरेर सार्वजनिक गर्न सफल भएपनि हरिनगरा गाउँपालिका–२ भुटाहाका मौलाना खुर्सिद आलमको हत्यामा संलग्नहरुलाई चार महिना पुगिसक्दा पनि अझै पक्राउ गर्न सकेको छैन ।

गत मंसिर ५ गते बिहान मर्निङ बाक गर्ने समयमा मोटरसाइकलमा आएर गोली प्रहार गरी ५४ वर्षीय मोहम्मद फिदा हुसैनको हत्या गरिएको थियो । उस्तै शैलीमा ५ असोज बिहान ११ बजे एमाले नेतासमेत रहेका मौलाना खुर्सिदको बीच बजारमा गोली हानी हत्या गरिएको थियो ।

एकाउन्न दिनसम्म निरन्तर फलो गरेर प्रहरीले फिदाको हत्यामा संलग्न भएको आरोपमा सुनसरी दुहबी नपा–९ का २८ वर्षीय साकिम, ३१ वर्षीय जाबिर हुसैन, दुहबी १२ सीतापुरका ६० वर्षीय विश्वम्भर यादव र दुहबी ९ का जफफर मियाँलाई पक्राउ गर्न सुनसरी प्रहरी सफल भएको छ ।

सुनसरी प्रहरीले २६ पुस अपराह्न फिदा हुसैनको हत्यामा संलग्न भएको आरोपमा साकिम, जाबिर र विश्वम्भरलाई सार्वजनिक गरेको थियो । बाँकेमा पक्राउ परका २२ वर्षीय जफर हुसैनलाई ल्याइ नर्पुयाएकोले सार्वजनिक गर्न बाँकी नै छ ।

चार महिनाअघि हत्या भएको थियो खुर्सिदको

गत अशोज ४ गते सुनसरी हरिनगरा २ का ५५ वर्षीय मौलाना खुर्सिद आलमलाई मोटरसाईकलमा आएका सार्प सुटरहरुले बिहान ११ बजे भुटाहा बजारमा गोली हानेर हत्या हत्या गरेका थिए । खुर्सिदको हत्यापछि उनीहरु दक्षिण घुस्की नाका हुँदै भारततर्फ भाग्न सफल भएका थिए ।

खुर्सिदको हत्या किन र कस्ले गर्यो भन्नेबारे अझै प्रहरीले केही भेउ पाउन सकेको छैन । घटनाबारे छानबिन गर्न एक नम्बर प्रदेश प्रहरीका एसएसपी किशोर दाहालको नेतृत्वमा विशेष छानबिन समति गठन गरेको थियो । उक्त समितिले १५ दिनभित्र प्रतिवेदन तयार गरेर बुझाउने भनिएको भएपनि अझै सार्वजनिक भएको छैन ।

अर्कोतिर खुर्सिद हत्यामा संलग्नहरुलाई पक्राउ गर्न र अपराधको अनुसन्धान गर्न विशेष टोली खटिए पनि अझै रहस्य खुल्न सकेको छैन । खुर्सिद हत्यामा संलग्नहरुबारे गहन खोजी भैरहेको र पक्राउ गरेरै छाड्ने प्रहरीले प्रतिवद्धता जनाउँदै आएको छ ।

फिदा हुसैन हत्याको कारण व्यक्त्तिगत रिसईबी तर खुर्सिदको हत्याको कारण 

साकिम, जाबिर र जफफर हुसैन हत्यामा प्रत्यक्ष संलग्न रहेको र यादवले हतियार लुकाउन सहयोग गरेको प्रहरीको भनाई छ । एसपी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा हत्याको मुख्य कारण साकिम र मृतक फिदा हुसैनको व्यक्तिगत कारण रहेको देखिएको छ । गाउँमा बसेर चन्दा संकलन गर्ने र राजनैतिक प्रतिष्ठा र पहुँचका आधारमा तँ भन्दा म ठूलो भन्ने अहंमताले गर्दा फिदाको हत्या भएको प्रहरीको ठम्याई छ ।

राजनैतिक उचाई र चन्दा संकलनको विषयलाई लिएर मृतक फिदाबाट साकिम कुटिने र पटक–पटक अपमानित हुँदै आएका थिए । यसैले अपमानको बदला लिन साकिमले सुटर प्रयोग गरेर फिदाको हत्या गराएको प्रहरीको ठम्याई छ । प्रहरीले विभिन्न एघार शंकास्पद विषयलाई आधार बनाएर फीदा घटनाको अनुसन्धान थालेको थियो । जसमध्ये पुरानो रिसईबी पनि मुख्य थियो ।

उता चार महिनापहिले हत्या गरिएका खुर्सिद आलमको हत्या भारतीय आतंकबाद विरोधी खुफिया एजेन्सीले गराएको चर्चा चलाएको छ । तर, स्थानीय शिक्षासेवीसमेत रहेका रैवायन इंग्लिस स्कूलका सञ्चालकसमेत रहेका खुर्सिदको हत्यामा फिदाकै जस्तो कारण हुनसक्ने अनुमान पनि धेरै छ ।

किनभने उनी छाटो समयमै हरिनगरामा लोकप्रिय नेताका रुपमा चर्चा पाउन सफल भएका थिए । यसैले विरोधीहरुले भाडाका सुटर प्रयोग गरेर उनको हत्या गराएको र भारतीय खुफिया एजेन्सीले हत्या गरेको हल्ला फैलाएको हुनसक्ने मुस्लिम अगुवाहरु बताउँछन् ।

हत्या आरोपी खोज्न निरन्तर ४० जनाको टोली, तर सुटर अझै फरार

नेपाल विद्युत्त प्राधिकरण खनार शाखामा कार्यरत कर्मचारी तथा दुहबी ९ मा रहेको जयबाबा ईटा उद्योगमा म्यानेजरसमेत रहेका फिदा हुसैन दुहवी नपा–९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका नेता मेहँदी हुसैनका भाइ हुन् । एसपी अधिकारीका अनुसार हुसैनको हत्या आरोपी खोज्न सुनसरी प्रहरी, प्रदेश एक प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको ४० जनाको टोली ५ मंसिरदेखि निरन्तर खटिएको थियो ।

तर, प्रहरीले अझै फिदालाई गोली प्रहार गर्ने शुटर भने पक्राउ गर्न सकेको छैन । सुनसरी प्रहरी प्रमुख एसपी दीपक अधिकारीले मुख्य योजनाकार सहयोगीहरु पक्राउ परिसकेको र शुटरको पनि पहिचान भैसकेकोले केही दिनमै पक्राउ गर्न सफल हुने बताए । फिदाको हत्या गरेपछि मोटरसाइकलमा चढेर शुटर दक्षिणतर्फ भागेको थियो ।

फिदा र खुर्सिदको हत्या भएपछि भुटाहा र दुहवीका स्थानीयहरुले दुई दिनसम्म बजार बन्द गराएका थिए । पछि शहिद घोषणा गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि खुर्सिद र फिदा दुवैको शव दुई दिनपछि आफन्तले जिम्मा लिएका थिए ।

दुवै घटनामा निरन्तर नेपाली मुस्लिमहरुमाथि हत्या भएपछि सुनसरी मोरङमा बस्ने मुस्लिम समुदायका नेपालीहरु त्रसित अवस्थामा बस्न बाध्य भैरहेको भन्दै चाँडो सत्यतथ्य पत्ता लगाउन माग गरेका थिए । तर, फिदाको हत्याको रहस्य खुलेपनि खुर्सिदको खुल्न नसक्दा आफन्त र स्थानीयहरु अझै चिन्तित अवस्थामा छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]