Sorry, your browser does not support JavaScript! प्रदेश महासंघले मुख्यमन्त्रीलाई प्रदेश आमसञ्चार कानूनको मस्यौदा बुझायो - Merodesh.news

प्रदेश महासंघले मुख्यमन्त्रीलाई प्रदेश आमसञ्चार कानूनको मस्यौदा बुझायो

विराटनगर।  एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अन्य प्रदेश भन्दा बढी प्रेसमैत्री बनाउन आफू सक्रियतापूर्वक लागिपर्ने बताए । नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले आइतबार हस्तान्तरण गरेको प्रदेश आम आमसञ्चार बिधेयकको नुमना मस्यौदा बुझ्दै मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई बढी प्रेसमैत्री बनाउन सक्रियतापूर्वक लागिपर्ने बताएका हुन् ।

उनले एक प्रदेशलाई पूर्ण प्रेसमैत्री बनाउन पत्रकार महासंघले निर्माण गरेको प्रदेश आमसञ्चार विधेयकको मस्यौदामा छलफल गरेर प्रदेश सभाबाट पारित गराएर कार्यान्वयनमा ल्याउन प्रतिवद्धता जनाए । मस्यौदा बुझाउन गएका महासंघको एक नम्बर प्रदेश समिति अध्यक्ष विक्रम लुईंटेल, महासचिव विवेक गौतमसहितको टोलीसँग मुख्यमन्त्री राईले प्रदेशमा चाँडै डिजिटल सूचना बोर्ड स्थापना गर्न लागेको जानकारी पनि गराए ।

प्रदेश सरकालाई बुझाइएको उक्त बिधेयकमा प्रदेशमा आम–सञ्चारमाध्यम र पत्रकारिताको विकास लागि प्रदेश सरकारले खेल्नुपर्ने भूमिका र बनाउनु पर्ने नीतिबारे मस्यौदामा उल्लेख गरिएको छ । महासंघका प्रदेश महासचिव विवेक गौतमले केन्द्रीय समितिको सहयोगमा गहन छलफल गरी प्रदेश आमसञ्चार कानूनको मस्यौदा निर्माण गरेकोले हुवहु प्रदेश सभाबाट पारित गरिदिन प्रदेश सरकारसँग आग्रह गरे ।

नेपाल पत्रकार महासंघले आफैंले बिज्ञ र सरोकारवालाहरुलाई सहभागी गराएर निर्माण गरेको उक्त प्रदेश आमसञ्चार विधेयकको मस्यौदामा प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रताको सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्ध रहनुपर्ने, पत्रपत्रिका, रेडियो, टिभीलगायतका सञ्चार माध्यमको दर्ता र नविकरण, विज्ञापन, वितरण र पत्रकारको क्षमता अभिवृद्धि प्रदेश सरकारबाटै हुनुपर्ने उल्लेख छ ।

यसैगरी स्वतन्त्र पत्रकारितामा कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने, मिडियाको उजुरी, सुनवाई, कारवाही र प्रेसपास वितरण अनि पत्रपत्रिकाको वर्गीकरण प्रदेशबाटै हुनुपर्ने, प्रदेशमा स्वतन्त्र प्रेस काउन्सिल, विज्ञापन प्राधिकरण र आमसञ्चार प्रतिष्ठान, र स–परीक्षण र स्वनियम समितिहरु निर्माण गरिनुपर्ने व्यवस्था गरिएको छ ।

मस्यौदा हस्तान्तरण कार्यक्रमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य गणेश लम्साल, प्रेस युनियका केन्द्रिय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस युनियन मोरंगका अध्यक्ष कुमार लुईंटेल प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारी, प्रेस सेन्टरका अध्यक्ष गोकुल पराजुली, महासंघ मोरङका सचिव अर्जुन आर्चाय, पूर्वसभापति दीपक दाहाललगायतको उपस्थिती रहेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]