Sorry, your browser does not support JavaScript! अग्निपीडितलाई तरुण दलको सहयोग - Merodesh.news

अग्निपीडितलाई तरुण दलको सहयोग

विराटनगर । विराटनगर ४ जामुनागाछीका अग्निपीडित सितारमन लाल दासलाई नेपाल तरुण दलको पहलमा सहयोग गरिएको छ ।  तरुण दल मोरङका तरुण विभाग प्रमुख सञ्जय मण्डलको पहलमा दाता सागर ढकालले विहीबार पीडितलाई चालीस हजार रुपैयाँ मूल्य बराबर ४६ बोरा सिमेन्ट हस्तान्तण गरेका छन् ।
अग्निपीडितलाई  सहयोग
गत पुस १९ गते आगलागी हुँदा लालदासको घरसहित भएको सबै जायजेथा जलेर खरानी भएको थियो । घर निर्माणका लागि सहयोग जुटाइको तरुण दल मोरङका अध्यक्ष सञ्जय थापाले जानकारी दिएका छन् । विहीबार तरुण दलका विराटनगर अध्यक्ष सन्तोष न्यौपाने, मोरङ काँग्रेसको संगठन विभाग सचिव तेजेन्द्र भट्टराई, तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधि अनुरोध साहलगायत नेता पीडितको पुगेका थिए । आगलागीबाट ४० लाख रुपैयाँ बराबरको धनमला क्षति भएको पीडितको भनाइ छ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु