Sorry, your browser does not support JavaScript! राजमार्गमा पुस्तकालय सहित सात शौचालय - Merodesh.news

राजमार्गमा पुस्तकालय सहित सात शौचालय

विराटनगर । सुन्दर हरैचा नगरपालिका भित्र सार्बजनिक शौचालय निर्माणको प्रक्रिया तिब्र बनाएको छ । पूर्व पश्चिम राजमार्गको सुन्दर हरैचा खण्डमा ९ करोड ६४ लाख लागतमा आधुनिक सार्बजनिक शौचालय निर्माणको प्रकृया तिब्र बनाएको हो ।

स्थानीयबासीको अग्रसरतामा निर्माण सुरु गरिएको शौचालय सुविधा सम्पन्न हुनेछ । नगरपालिकाले पूर्व पश्चिम राजमार्गको सन्दुहरैचा नगरपालिका खण्डमा ६ वटा र विराटचोक विराटनगर सडक खण्डमा एउटा शौचालय निर्माण तिब्र बनाएको हो ।

‘निर्माणको काम तिब्र भैरहेको छ ।’ सार्बजनिक शौचालय निर्माण महाअभियानका अध्यक्ष भोलेश्वर दुलालले भने ‘शौचालय भवन भित्र सम्पूर्ण सुविधा हुनेछ ।’ निर्माणाधिन शौचालयमा पुस्तकालय, चमेना गृह, शैलुन, आराम कक्ष र इन्टरनेटको सुविधा हुने छ ।

शौचालय निर्माण महाअभियान अन्तरगत सुन्दरहरैचा नगरपालिकाले ३५ प्रतिशत मात्र लगानी रहनेछ । बाकी ६५ प्रतिशत पूजि व्यवस्थापन स्थानीयबासी, व्यपारीहरुबाट जुटाइनेछ । ‘सुन्दरहरैचामा बस्ने एक व्यक्तीले न्यूरनतम १०० रुपैया सहयोग गर्नुपर्छ ।’ दुलालले भने जनसमुदायबाट २० प्रतिशत रकम उठाउने लक्ष्य छ ।’

स्थानीयबासीबाट १ करोड ९२ लाख ९२ हजार संकलन गरिने छ । त्यस्तै स्थानीय व्यवसायीहरुबाट ३० प्रतिशत अर्थात २ करोड ८९ लाख ३८ हजार रुपैया संकलन गरिने छ ।बैंक बितिय संस्था तथा एसोसिएटहरुबाट एक करोड ४४ लाख ६९ हजार रुपैया संकलन गरिने छ । नगरपालिकाले भने ३ करोड ३७ लाख रुपैया लगानी गर्नेछ ।

शौचालय निर्माण महाभियान समितिले सहयोग गर्नेहरुको नामावली सातवटै शौचायलमा राखिएको डिजिटल विज्ञापन बोर्डमा दिनको २५ पटक २५ बर्ष सम्म प्रदर्शन गर्नेछ । अभियान अन्तरगत विराटचोक, खोर्साने, बलिया, सलकपुर, गछिया, गोठगाउ र हरैचामा शौचालय निर्माणधिन अवस्थामा छ । हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गमा पर्छन् । सातवटै शौचालय एउटै डिजाइनमा निर्माण हुदैछ ।

निर्माणधिन शौचालयको पहिलो तल्लामा अडियो भिडियो सुविधा सहित पुस्तकालयको व्यवस्था गरिएको अध्यक्ष दुलालले बताए । ‘निर्माणधिन शौचालय यूरोपियन मापदण्डको हुन्छ ।’ दुलालले भने ‘ शौचालय प्रवेशको ढोका पनि आधुनिक हुन्छ ।’

शौचालयलाई आवश्यक बिजुली शौचायलबाट नै उत्पादन गरिने छ । अन्तराष्ट्रीय मापदण्डको स्तरमा बनाउन ढोका पनि यूरोपबाट नै मगाउने तयारी भएको दुलालले बताए । निर्माणधिन सातवटा मध्ये चारवटा शौचायल निर्माणको काम ८० प्रतिशत हाराहारी पूरा भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]