Sorry, your browser does not support JavaScript! फिदा हुसेन हत्या प्रकरण: योजनाकार पक्राउ, सुटर खोज्दै प्रहरी - Merodesh.news

फिदा हुसेन हत्या प्रकरण: योजनाकार पक्राउ, सुटर खोज्दै प्रहरी

विराटनगर । सुनसरी दुहबी नगरपालिका ९ का फिदा हुसेनको हत्या भएको करिब दुई महिना पछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । तर सुटर भने अझै फरार छन् ।

फिदा हुसेन हत्या प्रकरण

हुसेनको हत्यामा पक्राउ परेका आरोपीहरु 

५४ बर्षिय महमद फिदा हुसेनको गोली हानी हत्या भएको एक महिना २६ दिनपछि बिहिवार दुहवी नगरपालिका– ९ कै २८ बर्षिय सकिम हुसेन, ३१ बर्षिय जावेद हुसेन र विश्वम्बर यादवलाई सार्बजनिक गरेको हो । सुटर भने अझै फरार छन् । ६० बर्षिय यादवले हतियार लुकाउन मद्दत गरेको प्रहरी आरोप छ ।

२२ बर्षिय जफर मियालाई बाके प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । बाकेबाट पक्राउ गरेका जफर मियालाई सुनसरी ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

प्रहरीका अनुसार र सार्बजनिक गरिएका तीन जना मध्ये दुई जना योजनाकार हुन् । गोली प्रहार गर्ने मुख्य सुटर भने अझै फरार छन् ।

गत मंसिर ५ गते बुधवार बिहान कान्छी श्रीमती आशा खातुन ऋसिदेवस“ग मर्निङ वाकमा निस्कीएका हुसेनमाथी उनको घरदेखि करिब डेढ किलोमिटर उत्तर तर्फ रहेको जय बाबा इटा उद्योग अगाडी गोली हानी हत्या भएको थियो । छातीमा गोली लागेका उनलाई न्यूरो अस्पताल विराटनगर ल्याउदै गर्दा मृत्यु भएको थियो ।

फिदाको हत्यामा प्रयोग गरिएको हतियार दुहबी १२ मा रहेको लक्ष्मी नारायण मन्दिर परिसरबाट फेला परेको थियो । हत्याको कारण पूरानो रिसिइबी र आर्थिक बिवाद भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]