Sorry, your browser does not support JavaScript! स्वबियू निर्वाचनको तैयारी गर्न त्रिबिको देशैभरका क्याम्पसलाई परिपत्र - Merodesh.news

स्वबियू निर्वाचनको तैयारी गर्न त्रिबिको देशैभरका क्याम्पसलाई परिपत्र

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । स्व.वि.यु. निर्वाचनको पूर्व तयारी गर्नेसम्बन्धि परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्व.वि.यु. निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा भएको हुँदा २०७५ फागुन महिनामा हुने स्व.वि.यु. निर्वाचनको पुर्व तयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ ।
त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढँगले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]