Sorry, your browser does not support JavaScript! छोरी नाममा स्थानीय सरकारले दियो २५ हजार - Merodesh.news

छोरी नाममा स्थानीय सरकारले दियो २५ हजार

विराटनगर । लिंग पहिचान गरी हुने भ्रुण हत्या अन्त्य गर्न विराटनगर महानगरपालिकाले अघि सारेको छोरी बचाउ छोरी पढाउ अभियान अन्तरगत २७ दम्पतीलाई प्रोत्साहन रकम हस्तान्त्रण गरेको छ । सोमबार पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन रकम प्रदान गरेको हो ।

महानगरपालिकाले पहिलो सन्तान जन्माउने दाम्पतीलाई नगद तीन हजार रुपैया प्रोत्साहन रकम हस्तान्त्रण गरेको थियो भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई २५ हजार रुपैया बैंकमा जम्मा गरिदिएको छ ।

विराटनगर महानगरपालिकाले चार दम्प्तीका नाबालक छोरीका नाममा ग्लोबल आइएमी बैंकमा खाता खोलेर २५ हजार रुपैया जम्मा गरिदिएको हो । विराटनगर ५ की सुनिताकुमारी ठाकुर,सम्झना तामाङ, तारादेवी पोखरेल र सेलीमाया मगरको छोरीको नाममा आमा संरक्षक रहने गरी २५ हजार नगद जम्मा गरिदिएको हो । महानगरले पहिलो सन्तान छोरी जन्माउने २३ दाम्पतीलाई नगद तीन प्रोत्साहन रकम प्रदान गरेको थियो ।

महानगरले विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, नियमित स्वास्थ्य जाच गरेको हुनुपर्ने, अस्पतालमा बच्चा जन्माएको हुनुपर्ने प्रावधान राखेर छोरी बचाउ छोरी पढाउ अभियान सुरु गरेको हो । भ्रुण हत्यासँगसँगै बाल विवाह, मातृ शुरक्षाकालागि योजना अघि सारिएको महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् ।

मेयर पराजुलीले तराईमा छोरीप्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउन अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याइएको जानकारी दिए ।

ब्ततबअजmभलतक बचभब

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]