Sorry, your browser does not support JavaScript! तेलको ग्यालेनमा दुई लिटर लागु औषध  - Merodesh.news

तेलको ग्यालेनमा दुई लिटर लागु औषध 

विराटनगर । भारतबाट लागु औषध ल्याउन अनौठो बिधि प्रयोग गरेको भेटिएको छ । मोरङ प्रहरीले लागु औषध नेपाल ल्याउने अनौठो बिधि प्रयोग गरेको भेटेको हो ।

लागुऔषध ओसारपसारमा पक्राउ परेकी मिना राम

सिमावर्ती भारतीय बजार जोगवनीबाट रिक्सामा चढेर आउदै गरेकी एक महिलालाई चेकजाच गर्दा प्रहरीले तेलको रातो ग्यालेन भित्र दुई लिटर कोरेक्स भेटेको हो । जोगवनीबाट रिक्सामा महेन्द्र चोक आएकी धनपालथान गाउपालिका– ६ की ३५ बर्षिय मिना रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रामले बोकेको झोलाबाट प्रहरीले दुई लिटर कोरेक्स हालिएको ग्यालेन सहित डाइजेल्याव ५०, नुरफिन ५०, फेनारगन ५० एम्पुल पनि बरामत गरेको छ । लागु औषध आयात गर्दै गरेको सूचनाका आधारमा महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विराटनगर – ९ डेरा गरी बस्दै आएकी महिलाले कहा पू-याउन खोजेको हो भन्ने अझै पत्ता लागेको छैन् । ‘हामी अनुसन्धान गरीरहेका छौ ।’ श्रेष्ठले भने ‘ कहा पू¥याउन खोजेको भन्ने खुलेको छैन् ।’ राम केही बर्ष अघि सम्म भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने ब्यक्तीको रुपमा चिनिन्थिन । तर कपडा तस्करीमा केही समय गुमनाम बसेकी मीना पछिल्लो समय लागु औषध तस्करीमा लागेको भेटिएको हो ।

भारतको जोगवनीबाट लागुऔषध नेपाल भित्राएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जोगवनीबाट छोटु नामले परिचित लागु औषध कारोवारीबाट लिएर आउदै गर्दा उनको साथबाट प्रहरीले लागु औषध बरामत गरेको थियो । मीना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

मीनाले लागूऔषधकै कारोवार संचालन गर्न पतिसंग सम्बन्ध विच्छेद गरेर विराटनगरमा डेरा लिएर बसेको खुलेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]