Sorry, your browser does not support JavaScript! पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार - Merodesh.news

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेकी उक्त पुरस्कारको राशि १५ हजार र सम्मानपत्र रहेको छ । पौडेलका विभिन्न विधा र अनुवादका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो ।

इन्जिनियरसमेत रहेका निरौला साहित्यप्रति रुची राख्ने र कवितासमेत लेख्ने गर्दथे । यसै वर्षदेखि प्रदान गरिने पुरस्कार आगामी माघ ६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]

‘मुनामदन’ विराटचोकमा मञ्चन गरिने
‘मुनामदन’ विराटचोकमा मञ्चन गरिने

विराटनगर । विराटनगर र काठमाडौंमा मञ्चन गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा लोकप्रिय कृति ‘मुनामदन’ खण्डकाव्यमा आधारित नाटक मोरङको विराटचोकमा मञ्चन हुने भएको छ । विराटचोकमा कात्तिक १७, १८ र १९[...]