Sorry, your browser does not support JavaScript! दिपक दिपा सहित ७ जना सम्मानित - Merodesh.news

दिपक दिपा सहित ७ जना सम्मानित

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलोस्थित उज्जवल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ ।

दिपक दिपा

बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक भव्य समारोहको बिच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरूमा कलाकारको क्षेत्रबाट अभिनेता दिपकराज गिरी, निर्देशक तथा निर्मता दिपाश्री निरौला, गायक सुमित खड्का, गायिका मेनुका पाण्डे, पत्रकार अनिल श्रेष्ठ, साहित्यकार गंगा सुवेदी र समाजसेवी तथा उद्योगी बेनीगोपाल मुन्दडालाई सम्मान गरेको हो ।

समाज र राष्ट्रको लागि आ–आफ्नो क्षेत्रबाट विशिष्ट योगदान पु¥याएको भन्दै क्बलको वार्षिक उत्सवको अवसर पाररे सम्मान गरिएको उज्जवल भविष्य बाल समूहको संरक्षक सदस्य एविन पाठकले जानकारी दिए ।

सम्मानित भएका व्यक्तिहरूलाई कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको उपप्रमुख राजमती इङ्नाम, क्बलका अध्यक्ष विद्या दुलाल र कार्यक्रम संयोजक नवीन श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सोही अवसरमा यहाँको सरकारी तथा विभिन्न विद्यालयहरूमा अध्ययरत बालवालिकाहरूलाई क्बलले जाडोको न्यानो कपडा तथा स्कूल जाने ब्यागसमेत वितरण गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]