Sorry, your browser does not support JavaScript! वाईडबडी प्रकरणबारे संसदीय समितिको प्रतिवेदन मान्य छैन : कँडेल – Merodesh.news

वाईडबडी प्रकरणबारे संसदीय समितिको प्रतिवेदन मान्य छैन : कँडेल

काठमाडौ, पुस २०

‘इनोभेटर’ ई. दिपेन्द्र कँडेले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कँडेलले वाइडबडी घोटाला प्रकरणमा छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन अधुरो भएको दाबी गरेका हुन् । उनले विमान खरिद प्रक्रिया राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले यसमा घोटाला भएको वा नभएको भनी छानबिन गर्न नेपालको समितिले मात्रै गरेर पूरा नहुने जिकिर गरेका छन् ।

कँडेलले भने, ‘यो प्रकरणमा छानबिन गर्नको लागि आईकाओ, हाई–फ्लाई र एयरबसको समेत सहभागिता हुनुपर्छ । नेपालको समितिले मात्रै छानबिन गरेर ल्याएको प्रतिवेदन अधुरो र अपूरो हुने भएकाले यसलाई वैधानिकता दिनको लागि पनि अन्तर्राष्ट्रिय सरोेकारवालाहरुलाई पनि सहभागिता गराउनुपर्छ ।’

उनले विमान किनेको नभई भाडामा ल्याईएको पनि दाबी गरेका छन् । उनले भने, ‘नेपालले वाइडबडी खरिद गरेको होईन, भाडामा ल्याएको हो । हाई–फ्लाई कम्पनीबाट भाडामा ल्याइएको वाइडबडी घोटालाका बारेमा नेपाल सरकारले एउटा प्रतिवेदन तयार पार्छ, नेपालमा रहेका केही मन्त्री, कर्मचारीलाई कारबाही गर्ला तर त्यो न्यायोचित हुँदैन, आईकाओ, हाईफ्लाइ, एअरबसमाथि पनि छानविन हुनुपर्छ ।’

उनले आफूपनि यही ‘फिल्ड’ मा अध्ययन तथा अनुसन्धान गरिरहेको व्यक्ति भएकाले यो प्रकरणको बास्तविक सत्य, तथ्य बाहिर ल्याउनको लागि आवश्यक परे सहयोग गर्नपनि आफू तयार रहेको सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गुणस्तरहिन भएकाले यसलाई तत्काल कानूनी रुपमा बन्द गर्न आफू लागेको पनि उनले टिप्पणी गर्दैे भने, ‘नेपाललाई आईकाओले कालो सूचिबाट हटायो भनेर गलत सूचना दिईको पाईन्छ, यूरोपका देशहरुमा नेपाली जहाज उड्न पाउँदैन, यो सब हुनुको पछाडी हाम्रो विमानस्थल हो ।’

अन्तर्राष्ट्रिय अदालतमार्फत यो प्रकरणको छानविन हुनु्पर्ने उनको जोड छ । उनले भने, ‘म त्यही माग गर्न यहाँ आएको हुँ, अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्यो, लेखा समितिले यस प्रकरणबारे अत्यन्तै साँघुरो रुपमा प्रतिवेदन ल्याएको छ ।’

उनले अघि थपे, ‘सिभिल अर्गनाईजेशनको माध्ययमबाट म देशको दुर्दशालाई हटाउनुपर्छ भनेर लागेको मानिस हुँ, यो वाइडबडी कुन देशबाट ल्याएको भन्ने कुरासमेत संसदीय छानबिन समितिलाई थाहा छैन्, वाइडबडी पोर्चुगलबाट ल्याइएको हो ।’

उनले हाईफ्लाईबाट भाडामा ल्याएको विमानमा कति जना नेपाली पाईलट छन् ? यसको उत्तर कसैले दिन्छ ? भन्दै उल्टै प्रश्नसमेत तेर्साए । कँडेलले थपे, ‘के नेपाली पाईलटहरु अयोग्य हुन त ? होईन, भने वाईडबडी उडाउन किन विदेशी विमान चालक ल्याईयो त ?’

उनका अनुसार अहिलेपनि वाइडबडीमा टर्की, अष्ट्रेलिया, कोरिया र पाकिस्तानका मुख्य पाईलट छन् र  सहायक–विमान चालकको रुपमा मात्रै नेपालीलाई राखिएको छ । उनले भने, ‘हाईफ्लाईले भाडामा दिएको जहाज आफ्नो पाईलट नदिएर के नेपालीलाई चलाउ भनेर दिन्छ ? मेरो कार कसैलाई केही समयका लागि भाडामा दिँदा आफ्नो चालकसमेत दिन्छु, सुरक्षाका हिसाबमा दिने हो नि ? यो कुरा सरकारले किन बुझ्दैन ?’

Advertise Expired !

सम्बन्धित समाचारहरु

क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी
क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी

हरि अधिकारी गत ६ तारिखका दिन संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीको क्यापिटल हिलस्थित सङ्घीय संसद् भवनमा जुन आयतनमा शक्ति प्रदर्शन, तोडफोड र हिंसाचार प्रदर्शन भयो, त्यो यस महान् लोकतान्त्रिक[...]

‘निर्वाचनमा जाने भन्नेबित्तिकै खुट्टा किन कामेको ?’
‘निर्वाचनमा जाने भन्नेबित्तिकै खुट्टा किन कामेको ?’

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफूलाई जनताबाट नै दण्डित गराउन चुनौती दिएका छन् । आइतबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संसद विघटन गरी प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णयको[...]

कोहलपुरमा कर्फ्यू आदेश जारी
कोहलपुरमा कर्फ्यू आदेश जारी

कोहलपुर, २२ मंसिर । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत सात वर्षीया बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न[...]