Sorry, your browser does not support JavaScript! पत्रकारद्वय तारा आचार्य र ध्रुब भट्टराइलाई पुरस्कृत गरिने - Merodesh.news

पत्रकारद्वय तारा आचार्य र ध्रुब भट्टराइलाई पुरस्कृत गरिने

बिराटनगर , पुस १९

नेपाल पत्रकार महासंघ मोरङको साधारण सभामा दुई जना पत्रकार पुरस्कृत हुने भएका छन् ।

बिराटनगरमा बसेर सकृय पत्रकारिता गरिरहेकी महिला पत्रकार तारा आर्चाय र मोरङको पथरीशनिश्चरे १० घर भएका अर्का सकृय पत्रकार ध्रुब भट्टराई पुरस्कृत हुने भएका हुन् ।
न्युज २४ टेलिभिजनमा पत्रकारिता गरिरहेकी आर्चायलाई नगद १५ हजार राशिको प्रतिभा र अनलाइन खवर र इमेज टेलिभिजनमा आवद्ध भट्टराईलाई बिराटनगर महानगरपालिकाले स्थापना गरेको नगद ११ हजार रुपैया राशिको नगरबिकास पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको पत्रकार महासंघ मोरङका सचिव अर्जुन आर्चायले जानकारी दिए ।

दुवै पुरस्कार नेपाल पत्रकार महासघ मोरङको पुस २१ मा हुने बार्षिक साधारण सभामा प्रदान गरिने छन् ।

यसैगरि पत्रकार महासंघ मोरङका तीन वटा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष निर्माण गर्न स्वीकृति प्रदान गरिएको छ । स्वीकृती प्रदान गरिएका अक्षय कोषहरुमा क्रमश स्वर्गीय पत्रकार कोषराज रेग्मी स्मृति पुरस्कारका लािग ३ लाख, भावनीदेवी जिवादेवी रेग्मी स्मृति पुरस्का लागि ५ लाख र मुद्रण उद्योग संघले स्थापना गर्ने पुरस्कारका लागि २ लाख रुपँैया रहेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]