Sorry, your browser does not support JavaScript! प्रहरी प्रमुखद्वारा कम्बल बितरण - Merodesh.news

प्रहरी प्रमुखद्वारा कम्बल बितरण


बिराटनगर, पुस १९

प्रदेश एकका प्रहरी प्रमुख केदार रिजालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र रानीले हिजो विराटनगर १६ स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरेको विपन्न र असहायलाई न्यानो लुगा वितरण कार्यक्रमलाई सम्बोधन गंर्दै उनले यस्तो बताएका थिए । उनले समुदाय र प्रहरीको सहकार्यले मात्र प्रभावकारीरुपले अपराध न्युनिकरण गर्नसकिने बताउंदै समुदाय र प्रहरीबीचको साझेदारीलाई बढाउन विगतदेखिनै विभिन्न कार्यक्रमहरु संचालन हुंदै आएको जानकारी दिए । प्रहरी नायब महानिरीक्षक रिजालले सिमावर्ती क्षेत्रमा हुने गरेको लागूऔषधको काराबोर र दुब्र्यसन न्युनिकरणमा समेत नागरीक प्रहरी साझेदारी प्रभावकारी देखिएको उल्लेख गरे ।

कार्यक्रममा विपन्न र असहायलाई न्यानो लुगा कम्बल वितरण गरिएको थियो । विराटनगरको वडानम्बर १५, १६ र १७ का ८६ जनालाई कम्मल वितरण गरिएको सामुदायिक सेवा केन्द्र रानीका सचिव अर्जुनकुमार क्षेत्रीले जानकारी दिए । कार्यक्रममा सहभागि डिआइजी रिजाल सहित,मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसी र जोगबनी नगर पञ्चायतका पुर्व उपप्रमुख नरेश प्रसाद लगायतले विपन्नलाई कम्बल हस्तान्तरण गरेका थिए ।  विराटनगरस्थित समित सारडा प्रतिष्ठानको सहयोगमा कम्मल वितरण गरिएको आयोक संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]