Sorry, your browser does not support JavaScript! सिरियामा विद्रोही समूहबीचको झडपमा १९ को मृत्यु - Merodesh.news

सिरियामा विद्रोही समूहबीचको झडपमा १९ को मृत्यु

बेरुत, पुस १८

उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी एचटीएसले सिरियाको उत्तरपश्चिम प्रान्त इदलिबमा विद्रोहीको अखाडा लक्षित भीषण आक्रमण सुरु गरिसकेको पनि बताएको छ ।

बेलायतसँग आवद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र पाँच जिन्की समूहका सदस्य मारिएका छन् । साथै यस झडपमा परी दुई जना सर्वसाधारण समेत मारिएका अब्जरभेटरीका प्रमुख रहमानमा बताएका छन् । यस झडपमा अन्य ३५ जना घाइते भएको समेत उनले जानकारी दिए ।

नुरेद्दिन अल–जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) को मुख्य खेलाडीको रुपमा रहेको छ । एनएलएफ टर्की आवद्ध विद्रोहीको संयुक्त गठबन्धन हो । एचटीएसले र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधा भन्दा बढी इलाकामा प्रभुत्व जमाएको छ ।

सिरियाका सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो युद्धमा हजारौंको सङ्ख्यामा जिहादी र विदेशी शक्तिको सहभागिता रहँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यसगरी यस आन्दोलनको क्रममा सिरियाभित्रै र छिमेकी देशमा दशौं लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन् ।  रासस

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]