Sorry, your browser does not support JavaScript! बलात्कारीलाई मृत्युदण्ड दिन माग - Merodesh.news

बलात्कारीलाई मृत्युदण्ड दिन माग

काठमाडौँ, पुस १७

सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताएका थिए ।

अर्का सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा पुतली बजार नगरपालिका १०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालीकोटमा भएको आगालागी पीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेका थिए ।

त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरेका छन् । “प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानी जहाज सञ्चालन हुन्छ भन्नुभएको थियो, तर पानी जहाज सञ्चालनमा आएन । त्यसैले उहाँबाट संसद्लाई जवाफ दिनुपर्छ”, उनले भने। रासस

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]