Sorry, your browser does not support JavaScript! रहेनन् कादर खान - Merodesh.news

रहेनन् कादर खान

विराटनगर, पुस १७

चर्चित बलिउड अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानाडामा निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित उनको उपचारको क्रममा निधन भएको हो ।

क्यानडामा उपचारत उनको क्यानेडियन समय बेलुकी ६ बजे निधन भएको उनका छोरा सर्फराजले पुष्टि गरेका छन् । साथै उनले आफ्ना सम्पूर्ण परिवार क्यानडामै भएकाले आफ्ना पिताको अन्तिम संस्कार क्यानडामै गरिने जनाएका छन् ।

अभिनेता खान विगत १७ हप्तादेखी क्यानडामा उपचार गराईरहेका थिए । सन् १९८०–९० को दशकमा चर्चाको शिखरमा रहेका खानलाई विगत केही वर्षयता श्वास फेर्न, हिडडुल गर्नसमेत निक्कै गाह्रो भइरहेको थियो ।

अफगानिस्तानको कावुलमा जन्मिएका अभिनेता खानले राजेश खन्नाको दाग चलचित्रवाट डेव्यु गरेका थिए । खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले २५० भन्दा बढि चलचित्रको लागि संवाद समेत लेखेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]