बिराटनगर, पुस १७
‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ आज देशैभर छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाईँदै छ । बिभिन्न स्थानमा र्याली, नाचगान गरिनुका साथै देशको पहिचान जोगाउन जोड दिदैँ बिभिन्न कार्यक्रमहरु समेत गरिदँैछ ।
आज बिहान माइतीघरमण्डलामा भेला भएर युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका छन् । त्यस्तै, आज बिहान झापा काँकडभिट्टा बृहत् ¥याली गरिएको छ । ट्राभल्स सङ्घ झापाको आयोजनामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुखसहितको टोलीले ढाका टोपी लगाएर काँकडभिट्टा बजार परिक्रमा गरेको थियो ।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि हरेक बर्ष अङ्ग्रेजी नयाँ वर्षको नेपाली टोपी ढाका टोपी, भाद्गाउँले टोपी लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।
“नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरिएको हो ।” एक अभियानकर्ताले बताए