Sorry, your browser does not support JavaScript! धुमधामले रजत जयन्ती मनाउँदै पूर्वान्चल बिश्वबिद्यालय - Merodesh.news

धुमधामले रजत जयन्ती मनाउँदै पूर्वान्चल बिश्वबिद्यालय

विराटनगर, पुस १७

आन्तरिक कलह , अनियमितता र भ्रष्टचार अनि राजनैतिक गुटबन्दि आदि अनेक समस्या भेल्दै अगाडी बढेको  पूर्वान्चल बिश्वबिद्यालयले धुमधामसँग आफ्नो २५ औ बर्षगाँठ मनाउने तयारी गरेको छ ।

राजनैतिक गुटबन्दि र आपसी कलहको अन्त्य र कुशल नेतृत्वले गर्दा प्रशासनकि पद्धती र शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार ल्याउन सफल भएसँगै आत्मसम्मानमा पनि बृद्धि भएपछी बिश्वबिद्यालयले १९ पुसमा आफनो २५ औ बर्षगाँठ धुमधामसँग मनाउने तयारी गरेको हो ।

स्थापना कालदेखी बीस बर्ष सम्म ४ वटा मात्र रहेका आंगिक क्याम्पसलाई पछिल्लो ४ बर्षमा चार वटा थपेर आठ आंगिक बनाउन र उथलपुथल अवस्थामा रहेको प्रशासनिक र शैक्षिक गुणस्तरमा आमुल सुधार ल्याउन सफल भएकोले २५ औ बर्षगाँठ धुमधामसाथ मनाउने तयारी भएको उपकुलपति प्रा.डा. धनश्यामलाल दासले बताए । उनले भने, ‘अब पुर्बाञ्चल बिश्वबिद्यालय पहिलको जस्तो झगडाको अखडा हैन, शैक्षिक ज्ञान आर्जन गर्ने अग्रणी थलो भइसकेकाले उच्च आत्मसम्मानका साथ भव्य र सभ्य रुपले रजत जयन्ती मनाउदैँ छौँ ।

राष्ट्रपतिबाट रजत जयन्ती महोत्सवको उद्घाटन

उपकुलपति दासका अनुसार १९ पुस दिउँसो बिश्वबिद्यालयको रजत जयन्तीको उद्घाटन बिराटनगर स्थित केन्द्रिय कार्यालयमा रहेको रजत जयन्ती स्मारकको अनावरण गरेर राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नेछिन् । रजत जयन्ती सामारोहमा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी , पूर्व सांसद अशोक कोइराला , प्रथम उपकुलपति ध्रुबनारायण लाल, पूर्व उपकुलपति तोर्णबहादुर कार्की र सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण पोखरेललाई बिशेष सम्मान गरिने छ । यसैगरि रजत जयन्तीकै अवसरमा बिश्वबिद्यालयमा २० बर्ष सेवा गरेका कर्मचारीहरुलाई पनि सम्मान गरिनेछ । बहालवाला पदाधिकारी र कर्मचारीहरुले चाँही रजत स्मृति चिन्ह प्राप्त गर्नेछन् ।

जथाभावी सम्बन्धन बन्द गर्दा शैक्षिक गुणस्तरमा सफलता

उपकुलपति प्रा.डा. धनश्यामलाल दासले आफुले नेतृत्व लिएपछि जथाभावी बितरण हुदै आएको सम्बन्धन बन्द गरेर आन्तरिक सुशासन कायम गराउन लागिपर्दा आफुले सफलता पाएको दाबी गरे । उनका अनुसार निष्पक्ष प्रशासिक कामले गर्दा पुर्बाञ्चल बिश्वबिद्यालय देशकै उत्कृष्ट शैक्षिक गुणस्तर भएको बिश्वबिद्यालय बन्न सफल भएको बताए । यसैले आफनो बढदो स्वभिमानलाई पैmलाउदै आफुहरु जवान भएको जगतलाई देखाउन रजत जयन्तीले भूमिका खेल्ने बिश्वास व्यक्त्त गरे । पु बि ले आप्mनो शैक्षिक कार्यक्रमको गुणस्तरमा बृद्धि गर्न र सहज रुपले संचाल गर्न आंगिक र सम्बन्धप्राप्त क्याम्सहरुलाई एकै ठाउँमा राखेर पुक्यान नामक साझा सञ्जाल निर्माण गरेको छ । उनका अनुसार हाल पुर्बाञ्चल बिश्वबिद्यालयले पिएचडी कार्यक्रमको पनि तयारी थालेको छ । हाल यो बिश्वबिद्यालयले बिभिन्न ६ वटा संकाय अन्र्तगत ८० वटा व्यवसायिक र प्राबिधिक बिषयका शैक्षिक कार्यक्रमहरु ८ आंगिक र १ सय २१ वटा सम्बन्धन प्राप्त क्याम्पसहरु मार्फत सञ्चालन गराइहेको छ ।

पहिले बदनाम अहिले सुनाम

पहिले राजनीति र भ्रष्टचारको अखडाका रुपमा बदनाम भएको पुर्बाञ्चल बिश्वबिद्यलयले गोठगाउँमा आफनै कृषी र नर्सिङ कलेज स्थापना गरिसकेको छ । यसैगरि कानून र बनबिज्ञान सम्बन्धि कलेज पनि संचालनमा ल्याएको छ । चाँडै गोठगाउँमा मेडिकल कलेज पनि संचालनमा ल्याउने तीब्र तैयारी भैरहेको छ । त्यसका लागी अस्पताल बिस्तार गर्ने र अन्य आवश्यक भौतिक निर्माण कार्यहरु पनि तीब्र रुपले भइरहेको छ । यसैगरि केन्द्रिय कार्यलय व्यवस्थित गर्ने काम पनि भएको छ । आंगिक क्याम्पसहरुको संरक्षण सुरु गरेकोले शैक्षिक गुणस्तरमा बृद्धि भएको बिश्वबिद्यालयका प्रबक्ता राजेश झाले जानकारी दिए ।

अन्तराष्ट्रिय बिश्बिद्यालयसँग सम्बन्ध बढ्दै

आर्थिक अनियमिता र राजनैतिक किचलोले गर्दा अस्तव्यस्त बनेको पूर्वान्चल बिश्वबिद्यालयले हाल स्थितीमा सुधार आएसँगै क्रमश भारत र तेस्रो मुलुकका बिश्वबिद्यालयहरुसँग भगिनी सम्बन्ध बढाउदै लगेको छ । हाल पु बि ले भारतको हिन्दु बिश्बबिद्यालय , जामिया इस्लामिय बिश्वबिद्यालयदेखी बेलायत र इटलीका बिश्वबिद्यालयहरुसँग पनि सम्बन्ध स्थापित गरिसकेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]