Sorry, your browser does not support JavaScript! नेपालका गोलकिपर किरण माल्दिभ्सका उत्कृष्ट गोलकिपर घोषित ! - Merodesh.news

नेपालका गोलकिपर किरण माल्दिभ्सका उत्कृष्ट गोलकिपर घोषित !

काठमाडौँ, पुस १४
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । किरणलाई माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण सो पुरस्कार प्रदान गरिएको हो ।

तीन साताअघि माल्दिभ्स फुटबल डट कम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्तरुपमा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा समावेश गरेको थियो । किरणसँगै अन्य दुई खेलाडी पनि मनोनयनमा परेका थिए ।

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]