घुम्न सबैलाई मन लाग्छ, अझ बिदेश घुम्न जान पाउँदा त एकदमै खुशी हुने गरिन्छ । नेपालको रुपैया अरु देशको तुलनामा सस्तो रहेका कारणले पनि थुप्रै पर्यटक नेपाल घुम्न आउने गर्दछन् ।
थोरै पैसामा बिदेश घुम्न सकिनु ज्यादै खुशीको कुरा हो । त्यस्ता थुप्रै देश छन् जहाँ नेपाली रुपैया ठूलो हुने गर्दछ । यी दश देशहरु हामीले ईन्टरनेट बाट खोजेका छौ ।
१०. आइसल्याण्ड १ ने रु = १.०४ आइशल्याण्डीक क्रोना
उत्तरी ध्रुबमा रहेको यो देश अरोरा का लागी प्रख्यात छ । आकाशमा देखिने हरियो रङ्ग हेर्नका लागी मानिसहरु त्यहा जाने गर्दछन् , साथै, यो ठाउँ प्राकिृतिक सुन्दरताले उत्तिकै भरिपूर्ण छ ।
९. श्रीलंका १ ने रु = १.६२ श्रीलंकन रुपैया
सार्क राष्ट्र यो देश, नजिक रहेकाले पहिलो रोजाई बन्न सक्छ । समुन्द्रको मजा लिन यो देश एक उत्कृष्ट गन्तब्य रहेको छ ।
८. हंगेरी १ ने रु = २.५१ हंगेरीयन फ्रईन्ट
यूरोपको ऐतिहासिक धरोहरकोमध्येको पहिचान यो देशले पनि बोकेको छ । राजधानी बुडापेष्ट कला पारखीहरुको लागी अध्यनको केन्द्र बन्ने गरेको छ ।
७. कोष्टा रिका १ ने रु = ५.३ कोलोन
ल्याटिन अमेरिकामा रहेको यो देश समुन्द्रले घेरिएको छ । प्राकिृतिक सुन्दरतामा धनी यो देशमा बनस्पती तथा जीव अध्यनको लागी उत्कृष्ट गन्तब्य बन्न सक्छ ।
६. मंगोलिया १ ने रु = २१.८१ मंगोलियन टुग्रिक
चाईनाको माथि रहेको यो देश गोबि मरभूमीमा पर्दछ । हरियाली सुन्दरता नभएतापनी यो देश कबिला जातीका कारणले प्रख्यात छ ।
५. कम्बोडिया १ ने रु = ३५.८६ रिएल
ऐतिहासिक ठाउँ घुम्न रुचाउनेका लागी यो देश राम्रो रहेको छ । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी यो ठाउँ पनि एक गन्तब्य बन्न सक्छ ।
४. पाराग्वे १ ने रु = ५२.६९ ग्वारानी
ब्राजिलको छेवैमा रहेको यो देशमा बस्न, खान एकदमै सस्तो रहेको छ । थोरै पैसामै घुम्न र खान सकिने यो ठाउँ प्राकिृतिक सुन्दरतामा धनी रहेको छ ।
३. इन्डोनेशिया १ ने रु = १२९ इन्डोनेशियन रुपिआ
दिृपहरु रहेको यो देश एक रमणीय गन्तब्य बन्ने गरेको छ । बाली र सुमात्रा जस्ता टापु रहेको यो देशमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।
२. बेलारुस १ ने रु = १८९.८६ रुबेल
सस्तोमा यूरोप घुम्न चाहनेका लागी यो देश पहिलो रोजाइको बन्न सक्छ । खान र घुम्न सस्तो रहेको यहाँ शोभियत संघ पालाको सम्पदाहरु द्येख्न सकिन्छ ।
१. भियतनाम १ ने रु = २०६.४० डोङ्ग
दिनको २००० रुपैया सम्ममा घुम्न, बस्न र खान समेत सकिने यो देश घुमन्तेहरुका लागी प्रमुख गन्तब्य बन्न सक्छ । रमणीय समुन्द्रि किनाराहरु, थुप्रै निकुन्जहरु रहेको यो देशमा मनै लोभ्याउने सौन्दर्य छ ।
-एजेन्सी