Sorry, your browser does not support JavaScript! त्रिदेशीय लिंक रोडको स्तरोन्नतीमा ढिलाई हुँदा प्रदेश एक सरकार आक्रोशित - Merodesh.news

त्रिदेशीय लिंक रोडको स्तरोन्नतीमा ढिलाई हुँदा प्रदेश एक सरकार आक्रोशित

त्रिदेशशिय लिंक रोड अन्र्तगत जोगबनीदेखी धरान सम्म भैरहेको ४९ किमी सडक स्तरोन्नती कार्यमा भैरहेको ढिलासुस्तीप्रति एक नम्बर प्रदेश सरकारका मुख्य मन्त्रि शेरधनराईले आक्रोश प्रकट गरेका छन । उनले सबै सरोकारवाला निकायलाई समन्वय गरेर चाँडो सडक निर्माण गर्न निर्देशन गरेका छन

बिराटनगर १३ पुस
कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान त्रिदेशीय लिंक रोडको निर्माणमा ढिलाई भएको भन्दै एक नम्बर प्रदेश सरकारले आक्रोश व्यक्त गरेको छ ।
नेपाल , भारत र चीनसँग जोडिएको मुख्य व्यापारिक मार्ग समेत रहेको उक्त्त सडकको स्तरोन्नती चाँडो गर्न पटक पटक अनुगमन गरेर निर्देशन गरेपनि ढिलाई भएपछि प्रदेश सरकारले सबै सरोकारवालाहरुको समन्वय बैठक बोलाएर ढिलासुस्ती प्रति आक्रोश व्यक्त गरेको हो ।बुधबार एक नम्बर प्रदेश सरकारको भौतिक निर्माण तथा बिकास मन्त्रालयको आयोजनामा भएको समन्वय बैठकमा मुख्य मन्त्रि शेरधन राईले निर्माण कार्यमा भैरहेको ढिलासुस्ती प्रति बिशेष चासो दिदै सरोकारबालाहरुँसग आक्रोश व्यक्त्त गरेका थिए । उनले सडक आयोजना, छ लेन परियोजना, निर्माण कम्पनि र सडकसँग जोडिएका संरचनागत कार्यालयका प्रमुख र सडक क्षेत्रसँग जोडिएका स्थानीय तहका प्रमुखसँग छलफल गर्दै तीब्र रुपमा काम सक्न कडा निर्देशन दिए । बैठकमा कडा रुपमा प्रस्तुत हुँदै मुख्य मन्त्रि राईले सरोकारबालाहरुलाई भने – ‘सडकको स्तरोन्नति तथा विस्तारमा सबै सरोकारवालाहरु मिलेर काम गर्नुहोस एकले अरुलाई देखाएर पन्छिन पाइदैन ।’

घर, वन, सडक, खोला र खानेपानी र बिजुलीको पोलले निर्माणमा ढिलाई

बैठकमा निर्माण कम्पनी र सरोकारबाला कार्यालयका प्रमुखहरुले व्यक्तिगत घर, सरकारी वन, सडक किनारामा बग्ने खोला तथा पानीको वितरण प्रणाली र विजुलीको पोल व्यवस्थापनमा समस्या हँुदा निर्माण कार्यमा ढिलाई भएको भन्दै मुख्यमन्त्रीलाई ढिलासुस्तीको कारण जानकारी गराएका थिए । एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गरेकोले मार्गको स्तरोन्नती कार्यमा ढिलाई भएकोले प्रदेश सरकारले सबै सरोकारबाला निकायहरुलाई समन्वय गराएर काममा तीब्रता दिन निर्देशन गरेको एक नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सागरकुमार राईले बताए ।

६ बर्षमा जम्मा ३२ दशमलब ६४५ किलोमिटर सडको काम

१० अर्ब ९८ करोड लागतमा निर्माण भैरहेको ४९ किलोमिटोर रानी–धरान व्यापारिक मार्गको स्तरोन्नती कार्य अन्तिम चरणमा आइपुग्दा ६ बर्षमा ३२ दशमलब ६४५ किलोमिटर सडकमा मात्र काम भएको छ । स्तरोन्नती हुनुपर्ने कुल ४९ किमी मध्ये बिराटनगरदेखी ईटहरी सम्मको ३५ किलोमिटर जति मात्र स्तरोन्नतीकालागि ठेक्का लाग्न सकेको छ । तर अझै इटहरीको तरहरादेखी धरान सम्मको १४ किमी र सुनसरी दुहबी बजारको निर्माणकालागि ठेक्का लाग्न सकेको छैन । दुहवीमा घर भत्काउने किचलो छ भने तरहरादेखी धरानसम्म बन क्षेत्र भएकोले धेरै संख्यामा रुख काटनु पर्ने अवस्था छ । अझ सुनसरीको दुहवी बजार क्षेत्रमा राजमार्गको जग्गा मिचेर बनाइएका घरहरु राजनैतिक कारणले भत्कन नसक्दा ठेक्का लाग्न सकेको छैन । यहाँ २०३३ सालमा दुवैतर्फ सडकको २५ २५ मिटर जग्गा सडकको थियो । तर पछि राजनैतिक निर्णयबाट २०५१ मा उक्त निर्णय दुहबीको एक किलोमिटर क्षेत्रमा लागु नहुने निर्णय भयो । जसले गर्दा सडकका जग्गा मिचेर भौतिक संरचनाहरु निर्माण गर्ने काम भए । सडकले पटक पटक ती संरचना भत्काउन पहल गरेपनि सफल भएन । अर्कोतिर ईटहरीदेखी खनार सम्मको करिब साढे पाँच किलोमिटर सडकमा एकातर्फ टेंग्रा खोला रहेको छ । यसैले जवसम्म उक्त खोलालाई व्यवस्थापन गर्न सकिदैन तबसम्म बिस्तार कार्यमा बाधा रहने छ । खोलालाई नयाँ मार्ग बनाएर बाइपास गर्ने वा त्यहीँ संरचना बनाएर बग्न दिने भन्ने अझै निक्र्यौल भइसकेको छैन ।

समस्याले गर्दा १३ मध्ये ७ प्याकेजमा मात्र काम
हाल धरानसम्म मात्र स्तरोन्नती भैरहेकोयो त्रिदेशीय लिंक रोडलाई दक्षिण भारतको जोगबनीदेखी उत्तर चीनको किमाथाङका नाका सम्म क्रमश बिस्तार गरिदै लगिने योजना छ । प्रथम चरणमा बिभिन्न १३ वटा प्याकेजमा निर्माण सुरु गरिने भएपनि बन क्षेत्र र नीजि घर हटाउने र खोला व्यवस्थापन गर्ने कार्यमा ढिलाई हुँदा हाल ७ वटा प्याकेजमा मात्र निर्माण कार्य सुरु भैरहेको छ ।

भन्नलाई ‘सिक्स’ तर निर्माणगर्दा ‘फोर’ लेन मात्रै

एक नम्बर प्रदेशको महत्वपुर्ण त्रिदेशीय व्यपारिक मार्ग मानेर बिराटनगरदेखी धरान सम्म ६ लेनको सडक निर्माण गर्नेगरि आयोजना निर्माण भएको हो । तर बजार क्षेत्रमा घर भत्काउने , सडकमा रहेका टेलिफोन र बिजुलीका पोल सार्ने र रुखहरु काटनुपर्ने लगायतका समस्याले छ लेनको सडक चार लेनको मात्र निर्माण हुने गरि खुम्चिएको छ र कतिपय ठाउँमा घर भत्काउन नसक्दा चार लेन भन्दा पनि साँधुरो बनाएर सडक बिस्तार गर्र्नुपर्ने बाध्यता सृजना भएको छ ।

यस्ता कारणले महत्वपुर्ण त्रिदेशीय लिंक रोड

भारतको जोगबनीदेखी बिराटनगर हुँदै उत्तर चीनको सिमाना किमाथांका नाका सम्मको सडक निर्माण सम्पन्न भै संचालनमा आएमा पुर्वको औधोगिक व्यपारमा बृद्धि हुने आशा सबैको छ । नेपालबाट चीनसँग सिमा जोड्न सबै भन्दा छोटो र सहज दुरीको नाका यही हुने भएको र भारतसँग पनि छोटो दुरीमै लिंक जोडिने भएकोले सोझै त्रिदेशीय व्यपार बढ्ने यहाँका उद्योगी व्यपारीहरुले बताउँदै आएका छन । अर्कोतिर किमाथांका नाका संचालनमा आएमा चीनसँगको नेपालको व्यपारमा बृद्धि हुने र भारतसँग मात्रै आयात निर्यातमा भर पर्नुपर्ने बाध्यता पनि अन्त्य हुनेछ । बिराटनगरबाट इटहरी धरान , धनकुटा , बसन्तपुर र संखुवासभाको चैनपुर र खाँदबारी हुदै चीनसँग सिमाना जोडिएको किमाथांका नाकामा पुग्न सकिन्छ । यसैले पर्यटनको बिकासमा पनि बढोत्तरी हुने पर्यटन व्यवसायीहरुको दाबी छ । किमाथांका नाका पारिपट्टि चीनको सिगात्से शहर नजिकैको दुरीमा रहेको भएपनि नेपालतर्फ सडक संचालन हुन नसक्दा व्यपार बृद्धि हुन सकेको छैन । त्रिदेशिय स्मारिक महत्वको भएकोले जोगबनी किमाथांका सडक निर्माणमा तीब्रता दिन र स्तरोन्नती गर्न एक नम्बर प्रदेशका उद्योगी ,व्यपारी , पर्यटन व्यवसायीले बर्षाैदेखी आवाज उठाउँदै आएका छन । कोशी राजमार्गका नामले चिनिने यो सडकलाई क्रमश: स्तारोन्नती गर्दै लैजाने योजना रहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]