Sorry, your browser does not support JavaScript! दशगजामा सडक निर्माण : गल्ती स्वीकार गर्दै पछि हट्यो भारत - Merodesh.news

दशगजामा सडक निर्माण : गल्ती स्वीकार गर्दै पछि हट्यो भारत

विराटनगर । दशगजा क्षेत्र मिचेर भारतीय पक्षले निर्माण गरेको सडक भत्काइएको छ । दशगजा मिचेर बनाइएको सडकको निर्माण कार्य मोरङ प्रशासनले रोकेपछि गल्ती भएको स्वीकार गर्दै भारतीय पक्षले मंगलबार विहान भत्काउन थालेको हो ।

दशगजामा सडक निर्माण

भारतीय  पक्षले दसगजा क्षेत्रमा निर्माण गर्न लागेको सडक 

मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा भारतले सडक निर्माण गरेको थिया । भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिका दुई गाउ जोड्न दशगजा मिचेर सडक निर्माण सुरु गरेको थियो ।

दशगजा मिचेर निर्माण सुरु गरेको सडक वडा अध्यक्षले रोकेपछि मंगलबारबाट भारतीय पक्षले भत्काउन थालेको ससत्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर मोरङका उपरीक्षक मनिस थापाले जानकारी दिए ।

दशगजा मिचेर करिब ३ सय मिटर सडक निर्माणकालागि माटो थुपारिएको थियो । ‘ भारतीय पक्षस“ग समन्वय गरेर भत्काउन लगाएका छौ ।’ उनले भने ‘ विहान ९ बजेबाट दुबै पक्षको निगरानीमा भत्काउने काम सुरु गरिएको छ ।’ ठेकेदारले निर्माण गर्नुपर्ने स्थान भन्दा ३५ मिटर उत्तर दशगजामा सडक खनेको थियो । भारतीय एसएसपीसँगको समन्वयमा गर्दा उनीहरुले गल्ती स्वीकार गरेको थापाले बताए ।

भारतीय बिहारका बिधायक मनचन केसरीको बिधायक फण्डबाट उक्त सडक निर्माणसुरु गरिएको थियो । दशगजामा रहेको १७४÷२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।

आइतबार जानकारीमा आउने वितिकै सडक निर्माण रोकिएको बताउदै ससत्र प्रहरी उपरीक्षक थापाले मंगलबारबाट खनिएको सडक भत्काउन लगाएको जानकारी दिए । दशगजामा २५ फिट लम्बाइको सडकमा ३ फिट अग्लो सडक निर्माण गरेको थियो ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]