Sorry, your browser does not support JavaScript! मोरङको उर्लाबारीमा गोली चल्यो, एक प्रहरी जवान गम्भीर घाइते - Merodesh.news

मोरङको उर्लाबारीमा गोली चल्यो, एक प्रहरी जवान गम्भीर घाइते

विराटनगर। मोरङको उर्लाबारीमा डिउटीमा रहेका प्रहरीले बोकेको राइफलबाट एक्कासी गोली चलेको छ । प्रहरी जवान सञ्जिव खडकाले बोकेको राइफल पड्किदाँ उनी गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नम्बरको मोबाइल भेनमा रहेका प्रहरीले बोकेको राइफल एक्कासी पड्किदाँ प्रहरी जवान खडका घाइते भएका हुन् । गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं। ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको ईन्फिल्ड मार्काफोर १ राईफल पड्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार खड्काको छातीको दाहिने भागमा गोली लागेको छ । गोलीले उनको छाती छेडेर प्रहरी भ्यानको छत पनि प्वाल परेको थियो । घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको डिएपी श्रेष्ठले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]