Sorry, your browser does not support JavaScript! विराटनगरबाट माउन्टेन फ्लाइट, विदेशी पर्यटक पनि आउदै - Merodesh.news

विराटनगरबाट माउन्टेन फ्लाइट, विदेशी पर्यटक पनि आउदै

विराटनगर । विराटनगरका पर्यटन व्यवसायीले यती एयरल्यान्सको बिमान चार्टर गरी सुरु गरेको माउन्टेन फ्लाइटमा विदेशी पाहुना पनि आउन थालेका छन् ।

माउन्टेन फ्लाइट

प्रत्येक शनिवार फ्लाइट गर्ने गरी विराटनगरका व्यवसायीले माउण्टेन फ्लाइट सुरु भएको एक महिना भयो । यो अवधीमा ५,६ जना भारतीय पर्यटक पनि सहभागि भएका छन् । ‘हामीले प्रचार प्रसार नगरी भारतबाट केही पर्यटकहरु आएका छन् ।’ पर्यटन व्यवसायी भविष श्रेष्ठ भन्छन् ‘राम्रो प्रतिक्रिया पाएका छौ ।’

उनी माउण्टेन फ्लाइट गर्न आन्तरिक तथा बाह्य पर्यटकहरुले चासो दिइरहेको बताउछन् । यस अघि काठमाडौंबाट मात्र माउण्टेन फ्लाइट हुने गरेको थियो । तर विराटनगरबाट नै ९ हजार ९ सयमा फ्लाइट हुनथालेपछि आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि मद्दत पुगेको छ ।

आन्तरिक पर्यटकहरुको उत्साह र चासोले हौसिएका व्यवसायीहरु हप्तामा दुई पटक फ्लाईट गर्ने योजना रहेको बताउछन् । ‘भारतमा प्रचार प्रसार गरेर माघपछि हप्तामा २ पटक फ्लाइट गर्न सकिन्छ की भनेर तयारी गरिरहेका छौ ।’ श्रेष्ठ भन्छन ‘ चाडै प्रचारप्रसारकालागि जादैछौ ।’

माउण्टेण्न फ्लाइट सुरु गरेपछि भारतबाट चासो राख्नेहरुको संख्ख्या पनि बढेको विराट एसोशिएसन अफ ट्राभल एजेण्ट संघका अध्यक्ष फडिन्द्र अधिकारी बताउछन् । भारतबाट टोली बनाएर आउन बिषयमा पनि कुरा भैरहेको उनले बताए ।

आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी विराटनगरबाट सुरु भएको माउण्टेन फ्लाइट काठमाडौंको भन्दा सस्ता रहेको अधिकारी बताउछन् । विराटनगरबाट माउण्टेन फ्लाइट गर्दा प्रतिव्यक्ती ९ हजार ९ सय रुपैया तिर्नुपर्छ तर काठमाडौंमा भने प्रतिव्यक्ती ११ हजार ६ सय ५० रुपैया तिर्नुपर्ने अधिकारी बताउछन् ।

छिटफुट भारतीय पर्यटकहरु पनि आएको बताउदै उनले प्याकेजमा पर्यटन क्षेत्रको प्रचारकालागि भारत जाने तयारी भएको बताए । पर्यटन व्यवसायी आन्तरिक बजारले मात्र माउन्टेन फ्लाइट नधान्ने बताउ“छन् । लामो समयको माग र दबाबकाबीच विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाइटले १ नम्बर प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने व्यवसायीहरु बताउछन् ।

नीजि क्षेत्रका पर्यटन व्यवसायीहरूले स्थापना गरेको ‘विराट होलिडेज’ नाममा विराटनगर विमानस्थलबाट उडान सुरु गरिएको हो ।

माउन्टेन फ्लाइटको उद्घाटन गत ८ गते शनिवार प्रदेशका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु इन्द्र आङ्बो, जगदिश कुसियैत, प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेलगायत विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले गरेको थियो ।

५५ मिनेटको माउन्टेन फ्लाइटका क्रममा सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु, गौरिशंकरलगायतका हिमशिखरहरुको अवलोकन गर्न पाइन्छ । व्यवसायीहरुले माउण्टेन फ्लाइटकालागि आएका पर्यटकहरुकालागि होलिडे प्याकेज पनि बनाएका छन् । बाह्य पर्यटकहरुकालागि समय तालिका अनुसार टुर प्याकेज निर्माण गरिएको अधिकारीले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]