Sorry, your browser does not support JavaScript! मौसमका कारण दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध - Merodesh.news

मौसमका कारण दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

भोजपुर। तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो ।

मौसमका कारण

अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो । निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ ।

भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडाँै भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]