Sorry, your browser does not support JavaScript! दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते - Merodesh.news

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

विराटनगर, ५ पुस । कोसी राजमार्ग अन्तर्गत विराटनगरको बरगाछीमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा श्रीमीतको मृत्यु भएको छ । श्रीमान घाइते भएका छन् ।

विराटनगर महानगरपालिका ४ र ३ को सीमानामा भएको दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका १० की २२ वर्षीय हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा हिमाका पति २६ वर्षीय मनोज कार्की घाइते भएका छन् । मनोजको विराटनगरको लाइफगार्ड अस्पतालमा उपचार भइरहेको छ । काम विशेषले विराटनगर आएका पति पत्नी साँझ पथरीशनिश्चरे स्थित घरतर्फ फर्कदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको पति पत्नी सवार को २८ प ३८५६ नम्बरको मोटरसाइकल सडकको बीचमा लेन छुट्याउन राखिएको डिभाईडरमा ठोक्किएको बताउनु भयो । उहाँका अनुसार डिभाईडरमा ठोक्किएपछि मोटरसाइकलको पछाडि सवार हिमा उछिट्एर सडकमा गुडिरहेको नेपाल आयल निगमको ना ७ ख ४६२३ नम्बरको ट्यांकर मुनि पुगेकी थिइन ।

सोही ट्यांकरले किचेर हिमाको मृत्यु भएको पोखरेलले बताउनु भयो । इन्धन लोड भएको ट्यांकर दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । ट्यांकर चालक दिपक भुजेल र ट्यांकरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]