Sorry, your browser does not support JavaScript! हस्तान्तरण गर्ने समय नजिक, एकिकृत भन्सार जाँच बिन्दु (आइसिपी) निर्माणमा तीब्रता - Merodesh.news

हस्तान्तरण गर्ने समय नजिक, एकिकृत भन्सार जाँच बिन्दु (आइसिपी) निर्माणमा तीब्रता

विराटनगर  । हस्तान्तरण गर्ने समय नजिकिएसँगै विराटनगर जोगबनी नाकामा नेपालतर्फ संयुक्त एकिकृत भन्सार जाँच बिन्दु (आइसिपी)को निर्माण तीब्र रुपले भैरहेको छ ।

आइसिपी

नेपाल तर्फ निर्माणाधीन आइपिसी 

भारतले जोगबनीमा आफुले निर्माणतर्फ आइसिपि निर्माण गरेर ३० कार्तिक २०७४ देखी नै औपचारिक रुपमा संचालनमा ल्याइसकेको छ । बिभिन्न कारणले नेपालतर्फ ढिलाई भएपनि हस्तान्तरण गनुपर्ने समय नजिकिसकेकोल निर्माणको गति तीब्र भएको हो ।

नेपाल भारत दुबैतर्फ एकै चोटी सञ्चालनमा आउनुपर्ने भएपनि नेपालतर्फ जग्गा अधिग्रहण र हस्तान्तरणले गर्दा नेपालतर्फको निर्माणमा पाँच बर्ष ढिलाई भएको थियो । तर दुई बर्षपहिले निर्माण कम्पनीलाई नेपाल सरकारले जग्गा हस्तान्तरण गरेपछि आइसिपी निर्माणले बल्ल गति पाउन थालेको थियो ।

भारतीय निर्माण कम्पनी दिनेश चन्द आर इन्फाकमले नेपालतर्फको आइसिपी निर्माण गरिरहेको छ । कम्पनीका प्राबिधिकहरुका अनुसार नेपालतर्फ बिभिन्न ८ वटा प्रशासनिक भवन, ५ वटा प्रोसिसेड भवन, ९ किमी सडक अढाई किलोमिटर नाला सहित बत्ती, बगैचा, पार्किग स्थलको निर्माण तीब्र रुपले भैरहेको छ ।

उक्त कम्पनीले २ फरवरी २०१८ भित्रै काम सकेर हस्तातरण गरिसक्नुपर्ने सम्झौता भएकोले नेपालतर्फ पनि आइसिपी निर्माणले तीब्र गति लिइरहेको पाइएको विराटनगर भन्सार प्रमुख मिमांश अधिकारीले बताए । पहिलो सम्झौता अनुसार आइसिपी सन २०१४ भित्र निर्माण सम्पन्न भएर दुवैतर्फ संचालनमा आइसक्नुपर्ने थियो ।

तर नेपालतर्फ जग्गा अधिग्रहण र हस्तान्तरण समस्याले गर्दा भारततर्फ बनिसक्दा पनि नेपालतर्फ निर्माण कार्य सुरु हुन नसकेको थिएन ।

आइसिपी

नेपाल तर्फ निर्माणाधीन आइपिसी 

नेपाल र भारतको संयुक्त लागनीमा निर्माण भएको आधुनिक सुविधासम्पन्न अन्तराष्ट्रिय स्तरको उक्त ‘जोईन्ट ईन्डिग्रेडेड चेकपोष्ट’ (आईसिपी) भारतले आफनो भूमी जोगबनी नगरपालिकाको भेडियारीमा १४ सय मीटर लम्वाई र ५ सय मीटर चौडाई बरावरको निर्माण गरेर संचालनमा ल्याएको छ ।

तर नेपालतर्फ भने भारतसँग सिमाना जोडिएको मोरङको विराटनगर महानगरपालिका १८ बुधनगरमा १२८ विगाहा जग्गामा भर्खरै तीब्र रुपले निर्माण भैरहेको छ ।

संयुक्त रुपमा नेपाल भारत दुर्वतर्फ बन्ने उक्त भन्सार जाँच चौकी नेपाल तर्फ ८ सय ५० मीटर लम्वाई र ५ सय मीटर चौडाईको हुनेछ ।नेपालतर्फको निर्माण सम्पन्न भएपछि उक्त भन्सार जाँच चौकीबाट नेपाल भारत दुवै तर्फको मालबस्तु सवारी साधान मार्फत आयात निर्यात हुनेछ ।

हाल भारतले आफनो तर्फको मालबस्तु आइसिपीबाटै गर्दै आएको छ । नेपालतर्फबाट भने आयात भएका खाली सवारी साधानहरु पठाउने एकतर्फी काम मात्र भैरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]