Sorry, your browser does not support JavaScript! चुनौती झेल्दै राजस्व असुलीमा प्रगती उन्मुख् विराटनगर भन्सार - Merodesh.news

चुनौती झेल्दै राजस्व असुलीमा प्रगती उन्मुख् विराटनगर भन्सार

एजेन्ट अभाव, अदक्ष जनशक्ति, नकारात्मक मानसिकता र चोरी तस्करी अझै विराटनगर भन्सारकालागि अझै चुनौती छन् । तर पनि राजस्व असुलीमा निरन्तर सुधार आउँदैछ ।
विराटनगर । अनेकौ चुनौती झेलिरहेको विराटनगर भन्सार सेवा प्रवाह र राजस्व असुलीतर्फ सफल हुदै गइरहेको छ ।

विराटनगर।  गत बर्षको बाढी प्रकोप, चोरी तस्करी, अदक्ष जनशक्ति र नकारात्मक मानसिकता लगायत अनेकौ चुनौती झेल्नु परिरहेपनि विराटनगर भन्सार गत आर्थिक बर्षदेखी सेवा प्रबाह र राजस्व असुलीतर्फ सफल हुदै गैरहेको हो ।

विराटनगर भन्सार

गत २०७४–०७५ साउनमा आएको बाढीले मुख्य आवातजावत गर्ने भारत मीरगन्जको पुल भत्काएपछि विराटनगर भन्सारले ९ महिनासम्म एक सय किलोमिटर लामो भन्टाबारी नाकाको रिरुट मार्ग प्रयोग गर्न बाध्य हुनुपरेको थियो । तर झन्झटिलो र जोखिमपुर्ण अवस्थामा पनि गत बर्ष विराटनगर भन्सारले आफनो लक्ष्य भन्दा बढी राजस्व असुली गरेको थियो ।

गत बर्ष विराटनगर भन्सारको असुली लक्ष्य ३१ अर्ब २४ करोड थियो । तर चुनौतीका बावुजुद पनि ३२ अर्व ८१ करोड रुपैया राजस्व असुली गर्न सपल भएको थियो । चुनौती झेलेर पनि लक्ष्य भन्दा बढी राजस्व असुली गरेकोमा बिभागले धन्यबाद पनि दिएको थियो ।

भन्सार जाँचपासमा कडाईले राजस्वमा असुली बढदै

विराटनगर भन्सारले गत बर्षदेखी जाँचपासमा निक्कै कडाई गर्दै आएको छ । भन्सारमा बस्तु बर्गीकरण गरेर मुल्याङ्कन गर्ने तरिकामा निक्कै कडाई गरिएको छ । भन्सारमा जाँचपास हुने ५० प्रतिशत बस्तु ग्रिन च्यानल मार्फत पास हुन थालेका छन् । अर्कोतिर भारत सरकारले लागू गरेको जेएसटी र सरकारी बिल बिना जाँचपास गर्ने गरिएको छैन । नेपाल सरकारले लागू गरेको सन्र्दभ मुल्य सूचीलाई कडाईका साथ लागू गरिएको छ ।

साथै यात्रु शाखामा कडाई गरेर ५ सय भन्दा बढीको बस्तुलाई अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई कडाईकासाथ लागू गरिएको छ । यात्रु शाखामा कडाई भएपनि व्यपारिक मालबस्तुहरु भन्सार तिरेर लानेक्रम बढन थालेको प्रमुख भन्सार अधिकृत अधिकारीले बताए ।

चालु बर्षमा पनि राजस्व असुलीमा बृद्धिहुँदै 

प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीका अनुसार चालु आर्थिक बर्ष २०७५–०७६ को साउदेखी मंसिर महिनासम्म १६ अर्ब ४० करोड ५२ लाख १८ हजार रुपैया राजस्व असुली गरिसकेको छ । गत आर्थिक बर्ष २०७४–०७५ को साउनदेखी मंसिर सम्ममा ११ अर्ब ५२ करोड ३२ लाख ४९ हजार रुपैया राजस्व असुली गरेको थियो । गत बर्षको पहिलो पाँच महिनामा लक्ष्य भन्दा ३६ प्रतिशत बढी राजस्व असुली बृद्धि भएको थियो । चालु बर्षको पहिलो पाँच महिनामा ४५ प्रतिशतले राजस्व असुलीमा बृद्धि भएको छ ।

पैठारी कारोवारमा पनि बृद्धि
विराटनगर भन्सारले साउनदेखी मंसिर सम्म ६८ अर्ब २० करोड ७४ लाख रुपैया बरावरको माल बस्तु पैठारी गरिसकेको छ । गत आर्थिक बर्षको साउनदेखी मंसिरसम्म कुल ५२ अर्ब ४५ करोड ३ लाख रुपैया मात्र पैठारी भएको थियो ।

“चालु बर्षमै गत बर्षको भन्दा ३० प्रतिशत बढी मुल्यको मालबस्तु पैठारी भएकोले विराटनगर भन्सारले यो बर्ष लिएको लक्ष्य अनुसारको राजस्व असुलीको लक्ष्य सहजै पुरा गर्न सक्ने बिश्वास बढेको छ”, प्रमुख भन्सार अधिकृत अधिकारीले भने । विराटनगर भन्सारमा चालु बर्षको पहिलो पाँच महिनामा पैठारी भएका मुख्य बस्तुहरुमा फलाम, ईन्धन, प्लाष्टिक, मेसिनरी, भेजिटेबल आयाल, खाद्यन्न, इलेक्ट्रिक गुड, मोटर र मोटरपार्टस, धागो लगायत छन् ।

भन्सारमा दक्ष जनशक्ति र एजेण्टको अभाव

विराटनगर भन्सारमा अझै दक्ष र पुर्ण जनशक्तिको अभाव छ । कर्मचारीहरु पनि प्रबिधिमा सबै पोख्त छैनन् । अर्कोतिर एजेन्टहरु पनि सबै बीस बर्ष अघिदेखीका छन् । उनिहरु पनि कम्युटरीकृत प्रणालीमा दक्ष छैनन् । केहीले दक्ष कर्मचारी राखेर काम गर्ने गरेपनि धेरैले अझै सास्ती खेपिरहेका छन । भन्सारमा कार्यरत सबै कर्मचारी तालिम प्राप्त छैनन् । यसैले दु्रत रुपमा काम गर्न असहज हुने गरेको छ ।

अकोतिर व्यपारीक कारोवार बढदै गए अनुसार एजेन्टहरु पनि थपिएका छैनन । बिराटनगर भन्सारमा मात्र १९ जना एजेन्टहरु छन । उनिहरुले प्रतिनिधि नियुक्त्त गरेर काम चलाउदै आएका छन । एजेन्ट र प्रतिनिधि अभावमा जाँचपासमा समस्या आउने गरेको छ । अर्कोतिर एजेन्ट कम भएकोले उनिहरुका कर्मचारीका नाममा बिचौलियाहरुको बिगबिगी पनि बढिरहेको छ ।

भन्सारप्रतिको पुरानो मानसिकता कायमै

अर्कोतिर भन्सार जालजेल गर्ने र राजस्व छली गरेर कमाउन पाउने अडा हो भन्ने पुरानो मानसिकता अझै कायमै छ ।एजेन्ट , प्रतिनिधि र कर्मचारीहरुले अझै मिलेमतो गरेर छली गर्न छाडेका छैनन । यद्यपी भन्सारमा मुल्य सन्र्दभ सूची लागू भएपछि र जाँचपासमा च्यानलहरुको प्रयोग हुन थालेपछि मिलोमतो नियन्त्रण भएको छ । तर पनि बेला बेला एजेन्ट र प्रतिनिधिहरु झुक्याउन चुक्दैनन ।

अर्कोतिर धेरैले भन्सार छली गम्भिर अपराध भएपनि समान्य मान्ने गरेका छन । र , बिना भन्सार मालस्तु ल्याउन लान पाउनु पर्ने माग गर्ने गरेका छन । अर्कोतिर खुल्ला सिमानले गर्दा चोरी तस्करी पुर्ण नियन्त्रण हुन गाह्रो छ । तर प्रहरी मार्फत भैरहेको सक्रृुयताले बाहिरबाट हुने चोरी तस्करी धेरै नियन्त्रण भएको छ । भन्सारको यात्रु शाखामा हुने चेकजाँचलाई पनि कठाई गरिएकोले भन्सार तिर्नुपर्छ भन्ने भावनापनि बढदै गएकोछ । जसले सिमा क्षेत्रमा बसेर ओेसारपसारलाई पेशा बनाउनेहरु निरुत्साहित हुदै गएका छन ।

साँधुरो भन्सार यार्डले जाँचपासमा ढिलाई

बिराटनगर भन्सारको मालबाहक सवारी पार्किङ गर्ने यार्ड धेरै साँधुरो भैसकेको छ । पन्ध्र बर्ष अघि संचालनमा आएको उक्त्त यार्डमा दुई सय बढी सवारी अटाउन गरेको छ । तर बढदो सवारी चापले गर्दा चार सय बढी सवारीहरु यार्डमा छिर्ने गरेका छन । यसैले भन्सारले जति सक्यो चाँडो जाँचपास गराउनुपर्ने बाध्यता कायमै छ । तर नाकामा निर्माण भैरहेको संयुक्त्त भन्सार जाँच चौकी पुर्ण रुपमा स.चालन आएपछि यार्डको समस्या अन्त हुनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]