Sorry, your browser does not support JavaScript! दोहोरो नागरिकता लिने एकै परिवारका तीन जनालाई दुई बर्ष कैदको फैसला - Merodesh.news

दोहोरो नागरिकता लिने एकै परिवारका तीन जनालाई दुई बर्ष कैदको फैसला

विराटनगर । नेपाली नागरिकता लिने एकै परिवारका तीन जना भारतीय नागरिकलाई जिल्ला अदालत मोरङले कैद तथा जरिवनाको फैसला सुनाएको छ ।

दोहोरो नागरिकता

भारत अररिया जिल्लाको जोगवनी बस्ने एक परिवारका तीन जनाले नेपाली नागरिकता लिएको भेटिएपछि जिल्ला अदालत मोरङले जोगवनी नगर पञ्चायत वडा नम्बर १० का सन्तोसकुमार साह, उनका भाई नरेस र नरेसकी पत्नी रिङ्कीदेवी साहलाई २–२ बर्ष कैद र ७५–७५ हजार रुपैया जरिवानाको फैसला सुनाएको हो ।

भारतीय नागरिकता हुदाहुदै विराटनगर महानगरपालिका – १६ स्थायी ठेगाना देखाएर नेपाली नागरिकता लिएको भेटिएपछि सोमबार जिल्ला न्यायाधीश दिपक खनालको इजलासले कैद सजायको फैसा गरेको हो ।

सन्तोस र नरेस भारतीय नागरिक गजेन्द्र साहका छोरा हुन् । भने रिङ्कीदेवी बुहारी हुन् । भारतीय नागरिक भए पनि उनीहरुले झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको ठहर अदालतले गरेको हो ।

कैद सजाय सुनाइएका मध्ये प्रहरीले सन्तोषलाई गत चैत २ गते पक्राउ गरिएको थियो । अन्य दुई भने फरार छन् । सन्तोषको साथबाट प्रहरीले भारतीय नागरिक रहेको प्रमाणित हुने परिचय पत्र र नेपाली नागरिकताको प्रमाणपत्र एवं मतदाता परिचय पत्र फेला परेको थियो । अनुसन्धानका क्रममा सन्तोषका भाइ र बुहारीले पनि नेपाली नागरिकता लिएको खुलेपछि गत चैत २६ गते जिल्ला सरकारी वकिल कार्यालय मोरङले मुद्धा दायर गरेको थियो ।

जिल्ला अदालत मोरङका सेस्तेदार ईश्वरमणि ओझाका अनुसार तीनै जनालाई कैद सजायको आदेश भएको जानकारी दिए । सन्तोस र नरेसले २०६४ साल जेठ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट जन्मको आधारमा ९१ र ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको भेटिएको थियो । उनीहरुको साथबाट भारतीय परिचय पत्र पनि भेटिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]