Sorry, your browser does not support JavaScript! विद्यार्थी संगठनहरुद्वारा क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए - Merodesh.news

विद्यार्थी संगठनहरुद्वारा क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए

विराटनगर । अनियमितता गरेको आरोप लगाउदैै विद्यार्थी संगठनहरुले विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुखलाई कार्यकक्षमै थुनेका छन् ।

क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए

सोमबार क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई कार्यकक्षमा नै थुनेका हुन् । क्याम्पस प्रमुखलाई थुनेका विद्यार्थीले क्याम्पसमा तोडफोड पनि गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी,अनेरास्वीयु र नयां शक्ती निकट विद्यार्थी संगठनको महेन्द्र मोरङ क्याम्पस इकाइ कमिटीले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेर तालाबन्दी गरे ।

सोमबार दिउसो साढे ३ बजे क्याम्पस प्रमुख विरुद्ध नाराबाजी गर्दै गएका उनीहरुले तोडफोड समेत गरेका थिए । तालाबन्दी गरी आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले क्याम्पस परिसरमै निर्माणाधिन साइन्स ब्लकमा मिलेमतोको कारण तीन नम्बरको इट्टा प्रयोग गर्नुका साथै कमसल सामाग्रि प्रयोग गरिएको र शैक्षिक भ्रमणको नाममा अनियमितता गरिएको आरोप लगाएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]