Sorry, your browser does not support JavaScript! विपन्नलाई सहयोग - Merodesh.news

विपन्नलाई सहयोग

विराटनगर।  मोरङको जहदा गाउँपालिका १ धुनीमा रहेको एक विपन्न परिवारलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग गरिएको छ । विराटनगरका युवा तथा सामाजिक अभियान्ता सुमन प्रसाइले सोमबार सहयोग गरेका हुन् ।

सहयोग प्रदान गर्दै प्रसाई 

प्रसाइले जहदा १ का अति विपन्न रानी, नेहा र सुविना मुखियालाई सिरक, डसना, झुल, तन्दा, जाडोमा लगाउने ट्रयाकसुट तीन वटा तथा खाद्यान्यको सामाग्रीहरू सहयोग गरेको हो । साना बालिकाहरू मुटु काम्ने जाडोमा कष्टकर जीवन यापन गरेको जानकारी पाएपछि उनीहरूलाई सहयोग गरेको प्रसाइले बताए । कष्टकर जीवन यापन गर्दै आएका यी साना बालिकाहरू मामली हजुरआमा सर्जी मुखियाको घरमा बस्दै आएका छन् ।

‘आर्थिक अवस्था नाजुक भएर कष्टकर जीवन जिउँदै आएको पेरिस सुवेदी आफ्नो फेसबुकमा सेयर गरेपछि प्रसाईले सहयोग गरेका हुन् । पानी पर्दा चुने र जाडोमा चिसो हावा छिरेर सानो छाप्रोमा कष्टकर जीवन यापन गर्दै आएकी यी वालिकाहरूको घर जीवन विकास समाजले धमाधम निमार्ण गरिदिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]